अनमोल केसीको ‘ड्रिम्स’ पाइरेसी गर्ने व्यक्ति पक्राउ,एक करोड क्षतिपूर्ति माग

गत बर्ष फाल्गुन २१ मा प्रदर्शन आएको सुपर हिट चलचित्र ‘ड्रिम्स’को केहि समय अघि पाइरेसीको भएको थियो ।विदेशको विभिन्न ठाउमा प्रदर्शन भैरहेको बेला चलचित्रको पाइरेसीको भए पछि निर्माता तथा निर्देशक भुवन केसी र युवा स्टार अनमोल केसी फिल्मको प्रदर्शन बिचमै रोकेर नेपाल आएका थिए ।कतिपय देशमा त बुक भएका शोहरु समेत पाइरेसीको कारणले रद्द भएको थियो ।
anmol dremsनेपाल आए लगतै भुवन केसीले पाइरेसी बिरुद्द मुद्धा तयार समेत गरेका थिए ।तर अहिले आए चलचित्र कहाँ बाट पाइरेसी भयो पट्ट लागेको छ ।पाइरेसी कसले कसरी गर्यो भन्ने कुराको अपराध महाशाखाले अनुसन्धान गरिरहेको थियो, यसै बीच ड्रिम्स पाइरेसी गर्ने दुई व्यक्तिलाई पक्राउ गरीएको छ । ड्रिम्स निर्देशक, निर्माता ए भुवन केसीले यो कुराको जानकारी दिएका हुन् ।केसीले केहि दिन अघि आफुलाई करोड माथिको नोक्सान भएको भन्दै क्षति पूर्तिको माग गर्दै मुद्दा समेत हालेका थिए ।
केसीका अनुसार हाईलाईट्स नेपालका कर्मचारी बिधान गुरुङ र चन्द्र नागजु पक्राउ परेका हुन् । हाईलाईट्सले नै ड्रिम्सको युट्युब राइट्स लिइएको थियो ।जानकारीमा आए अनुसार पाइरेसीमा संलग्न बिधान गुरुङले प्रयोग गर्ने हाईलाईट्सको कम्प्युटर समेत प्रहरीले जफत गरेको छ । उता हाईलाईट्स नेपालका मालिक ओम गुरुङले भने यस कार्यमा आफ्नो संलग्नता नभएको र आफ्नो कर्मचारीले यस्तो गरेकोले आफुले कारबाहीमा सहयोग गर्ने बताएका छन ।
pairosiउता अभिनेता भुवन केसीले आफुलाई बिधान र चन्द्र लगायत पाईरेसी गर्ने गिरोहले एक करोड क्षतिपूर्ति तिर्नु पर्ने र जसरि पनि आफ्नो नोक्सानी असुल गरी छाड्ने बताएका छन । साथै उनले आफ्नो सिनेमा पाइरेसीमा संलग्न व्यक्तिलाई पक्राउ गरेकोमा अपराध महाशाखा प्रमुख एस एस पी सर्बेन्द्र खनाल र यसमा सघाउने विकास बोर्ड अध्यक्ष राजकुमार राई र कलाकार संघ अध्यक्ष राम केशर बोगटीलाई धन्यवाद दिएका छन ।

Namaste Filmy

Read Previous

चर्चित हास्यअभिनेता खानको निधन

Read Next

बाबुको गीतमा छोरीले कम्मर मर्काए पछि ।भिडियो