अम्बर गुरुङको मृत्युको खबर कसले फैलायो ?

ambar gurung1बरिष्ठ संगीतकार अम्बर गुरुङ अहिले राजधानीको ग्रान्डि अस्पतालमा उपचाररत छन । श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि उनी एक साताअघि अस्पताल भर्ना भएका हुन । उनको अवस्था अहिले स्थिर रहेको र सुधारको सम्भावना रहेको चिकित्सकले बताएका छन ।
तर सोमबार बिहानै एक यस्तो खबर भाइरल बन्यो, जसले सारा नेपालीलाई स्तब्ध बनायो । देशकै चर्चित राष्ट्रियस्तरका मिडियाले समेत गुरुङको मृत्युको खबरलाई ब्रेकिङ बनायो । समाचार बिकाउने प्रतिस्पर्धामा देशकै अब्बल मिडियाले समेत हतार गरि यस्तो तथ्य प्रकाशित भएसंगै अधिकांश नेपाली गूरुङले संसार छाडेको खबर पत्याउन बाध्य नै भए । अझ त्यसमा थप बल पुर्यायो, देशकै चलेका चर्चित संगीतकर्मीहरुको श्रद्धाञ्जली सन्देशले ।
गुरुङकै निकट मानिने थुप्रै गायक तथा संगीतकारले फेसबुक ट्वीटरमा गूरुङलाई श्रद्धाञ्जली दिदै पोस्ट गरेपछि सर्वसाधरणलाई पत्याउन करै लाग्यो ।
तर सत्य त्यो थिएन, राष्ट्रिय गानका संगीतकारले मृत्युसँग हार मानिसकेको थिएन र छैन पनि । उनको पारिवारिक सदस्यबाट यो सत्यको पुष्टि भयो र अस्पताल स्रोत पनि गुरुङको स्वास्थ्यमा सुधार देखिने आशामा छन । उनको अवस्थालाई गम्भीर भनिएको छ तर सुधार हुने सम्भावना प्रबल छ । गलत समाचारलाई ब्रेकिङ बनाउने मिडियाले खुलेआम माफी मागेका छन । गुरुङ निकट मान्ने र गलत सन्देश पोस्ट गर्नेहरुको वाल अहिले सफा गरिएको छ । यो अर्थमा गूरुङबारे फैलिएको भ्रमले एकपटक सबैलाई पोलेको छ ।
तर यो भ्रम फैलाउने मुख्य स्रोत चाँहि को ? कसले यो गलत समाचार लेख्ने हिम्मत गर्यो ?

Namaste Filmy

Read Previous

यस्तो छ 'मैरिमो' को पहिलो अनुहार

Read Next

अन्तत: रहेनन् अम्बर