अनमोलको पारिश्रमिक २५ लाख ?

anmol kcअहिले सर्वाधिक डिमान्ड भएका हिरो हुन अनमोल केसी । अहिले फिल्मी बजारमा उनको चर्चा अकाशमै छ । अधिकांश युवतिको फेभरेट यी हिरोको यसै शुक्रबारबाट फिल्म गाजालु रिलिज हुदैछ । यसै फिल्मका कारणपनि उनको चर्चा छ अहिले ।
तर यो भन्दा पनि उनले लिने पारिश्रमिकको बिषयले अहिले सिने बजार गर्माएको छ । अनमोलले एक नयाँ फिल्ममा काम गरेबापत २५ लाख पारिश्रमिक डिमान्ड गरेको अहिले बजारमा चर्चा छ । गाजालुमा ८ लाख पारिश्रमिक लिएका अनमोलले एक्कासी २५ लाख डिमान्ड गरेको बताइन्छ । यो पारिश्रमिक नेपाली हिरोहरुले लिने गरेको भन्दा झन्डै पाँच गुणा हुन आउछ । बिगतमा महानायक राजेश हमालले सर्वाधिक पारिश्रमिक डिमान्ड गर्ने गरेको भए पनि फिल्म नै पाउन छाडेपछि पुन पारिश्रमिक घटाएका थिए ।
अनमोलले पनि एक्कासी यो लेभलको पारिश्रमिक डिमान्डले कतै उनको स्टारडममा नै धक्का लाग्ने त हैन, उनको बुझ्नु जरुरी छ । नेपाली फिल्मी बजार र निर्माताहरुको हैसियतअनुसार नै उनले डिमान्ड गर्दा उचित हुने देखिन्छ ।
अनमोलले यो पारिश्रमिक डिमान्ड गर्नुमा पिता अभिनेता भुवन केसीको भुमिका रहेको पनि चर्चा छ । भुवन ले नै अनमोलको क्रेजअनुसार स्टाभ्यालु तोकेको बताइन्छ ।

Namaste Filmy

Read Previous

रानी चाँदनी शाहको गीत च्यातेका थिए अम्बर गुरुङले

Read Next

एक साथ पाच फिल्म भिड्दै ,किशोर र शिल्पा अभिनित बृन्द्रावनको यस्तो छ फस्टलुक पोस्टर