अनमोलको 'गाजलु'लाई कुमारी घरद्वारा स्वागत,बिहिबार रेड कार्पेट प्रिमियर हुदै

केहि समय अघि चलचित्र ‘गाजलु’मा उठाएको विषय र सामवेश गरिएको दृश्यांकन प्रति कुमारी घरको आपत्ति जनाएको थियो । चलचित्र रिलिज पछि यो विवाद फेरी पनि हुन्न सक्ने सम्भावना रहेको थियो तर बुधबार भने यो कुरा पुर्णतः टुङ्गिएको छ । कुमारी घरका पदाधीकारीहरुले फिल्म हेरिसकेपछि ‘गाजलु’ले उठाएको कथावस्तुलाई स्वागत गरेका छन् ।
gajaluडिसियन प्रिभ्यू थियटरमा फिल्म हेरिसकेपछि कुमारी घर र कुमारी प्रथाको बारेमा कुनै पनि प्रकारको गलत लाग्ने विषयवस्तु नसमेटिएको र फिल्म पुर्णतः सन्देशमुलक तथा मनोरञ्जनात्मक बनेको उनिहरुले प्रतिक्रिया दिए । कुमारी घरका पदाधिकारीहरुले दिएको प्रतिक्रियाले उत्साहित बनाएको छ, फिल्ममा विवादास्पद कुरा केहि छैन्, ‘गाजलु’ पुर्ण मनोरञ्जनको खुराक हो, निर्माता रोहित अधिकारीले प्रफुल्लित मुद्रामा भने । यहि शुक्रबार अर्थात जेठ २८ बाट रिलिज हुने ‘गाजलु’को बिहिबार राजधानीमा भव्य रेड कार्पेट प्रिमियर हुँदैछ ।हेमराज बिसी निर्देशित फिल्ममा अनमोल केसी, सृष्टि श्रेष्ठ, सलोन बस्नेत,गौरव पहारी, मेनका प्रधान, ऋतिक शाही लगायत अभिनयमा छन् ।

Namaste Filmy

Read Previous

जब सलमानले रणवीरलाई थप्पड हाने

Read Next

३५ दिनमा सकियो 'सायद २'को छायांकन