
छायांकन अघि बाट नै चर्चामा रहेको चलचित्र ‘सायद २’को छायांकन सकिएको छ ।राजधानीको छायांकन सकेर केहि समय अघि देखि चलचित्रको छायांकन सुन्दर नगरी पोखरामा गरिएको थियो ।३५ दिनको छायांकन पछि बुधबार पोखरामा सुटिङ सकिएको निर्माता सुनिल रावलले जानकारी दिनु भयो ।
हिट फिल्म सायदको यो सिक्वेल ‘सायद २’लाई पुष्पराज न्यौपानेले निर्देशक गर्नु भएको हो ।यस चलचित्रमा सुशील श्रेष्ठ,सुशील सिटौला,निशा कार्की, कुशल पाण्डे, स्यारोन श्रेष्ठ, अमृत ढुगांना र रुविन श्रेष्ठको अभिनय रहने छ |पूर्णतय सांगीतिक प्रेम कथामा निर्माण भएको यस चलचित्र यही बर्षको मंसिर–३ गते रिलिज गरिनेछ ।दुर्गिस फिल्मस्को ब्यानरमा यस अघि सायद,होस्टेल र होस्टेल रिटर्न्स जस्ता सफल चलचित्र निर्माण भैसकेको छ ।‘सायद २’लाई वितरक कम्पनी एफडीले छायांकन नहुदै राम्रो पैसामा एमजी (मिनिमम ग्यारेन्टी )गरि सकेको छ ।

