'२५ लाख मेरो डिमान्ड हैन, मलाई आएको अफर हो' : अनमोल केसी


anmol kcअहिलेका मोस्ट डिमान्डेड हिरो अनमोल केसीले एउटै फिल्मबाट २५ लाख पारिश्रमिक मागेको बिषय अहिले बजारमा चर्चित छ । यसले उनको करियरमा धक्का लाग्न सक्ने समेत फिल्मकर्मीमाझ गाँइगुई सुनिएको छ ।
तर यो कुरालाई अनमोलले भने सिधै नकारे । हालै फिल्म गाजालुको प्रिमियरमा पिता भुवनसँगै उपस्थित भएका अनमोलले यो बिषयको खण्डन गरे । उनले आफुले कहिल्यै पैसा यति चाहियो उति चाहियो नभनेको प्रस्ट्याए । आफु फिल्ममा साइन गर्दा कहिल्यै पैसा नहेर्ने बरु फिल्मको स्कृप्ट र स्टोरीलाई नै ध्यान दिने बताए ।
पारिश्रमिकको बिषयमा उनले आफुलाई निर्माताहरुले २०/२५ लाखसम्मको अफर गरेको बताए । हरेक हप्तामा एक नयाँ फिल्मको अफर आउने गरेको बताउदै उनले निर्माताहरुले महंगो पारिश्रमिक अफर गरेपनि आफुले स्कृप्ट हेरेर काम गर्ने गरेको बताए । उनि अभिनित फिल्म गाजालु आजबाट देशब्यापी प्रदर्शनमा आएको छ । यसअघि उनले अभिनय गरेका तीन फिल्म सुपरहिट भएका थिए ।

Namaste Filmy

Read Previous

फ्राइडे रिलिज : ‘गाजलु’,प्रिमियरमा चलचित्रको सबैले तारिफ गरे

Read Next

गोपिकृष्ण हलको दादागिरी कहिले सम्म ? दर्शकको माग अनुसार हल नदिदा ‘गाजलु’ निकालियो