'गाजलु' देशै भरि हाउसफूल,दर्शकले मन पराए सलोनको कमेडी

हिजो बाट प्रदर्शनमा आएको चलचित्र गाजुल उत्कृस्ट व्यापार गरेको छ । शुक्रबार देशको धेरै जसो हलमा हाउसफूल ओपनिङ गरेको गाजलुले दोश्रो दिन शनिबार देशै भरिको हलमा हाउसफूलको व्यापार गरेको छ ।शुक्रबार करिब पैतालिश लाखको हाराहारीमा कलेक्सन गरेको गाजलु शनिबार असि लाख माथिको व्यापार गर्ने देखिएको छ ।
astaचलचित्र हेर्न गएका धेरै दर्शकले शनिबार टिकट नपाउदा फिल्म नै हेरी समेत फर्किएका छन् ।सबै हल हाउसफूल अनि टिकट र सिट नपाउँदा ओभरफ्लो भएको थियो । राजधानीको सबै जसो हलमा दर्शक टिकट न पाउदा निरश सम्म बनेका थिए भने अष्टनारायण हलमा तीन पर्दा नै हाउसफुल भएको थियो । अष्टनारायण हलमा नायक सलोन बस्नेत र नायिका सृष्टि श्रेष्ठ पुग्दा दर्शकले घेरे, अंकमाल गरे अनि सेल्फी खिचेक थिए ।
shristi and salon selfieबिग मुभिजमा दर्शक प्रतिक्रिया लिए सृष्टि, सलोन, गौरव पहारी, ऋतिक शाही र मेनका प्रधान पुग्दा त्यहाँ पनि माहलो उस्तै बन्यो । एक सेल्फी नखिचि दर्शकले चल्न दिएनन् । काठमाडौं बाहिर चितवन ,पोखरा हेटौडा ,धरान,बुटवल लगायतका ठाउमा पनि हाउसफूल हुदा धेरै दर्शकले टिकट न पाएको गुनाशो समेत गरेका थिए ।
salon basnetचलचित्र गाजलु हेर्न आएका दर्शकले चलचित्र हेरे पछि चलचित्र निकै उत्कृस्ट बनेको भन्दै सलोन बस्नेत र गौरव पहरीको अभिनयले आफुहरुको मन समेत जितेको प्रतिक्रिया दिएका थिए । बिशेष गरेर सलोनको कमेडीलाई दर्शकले धेरै मन पराएका छन् । अहिलेका स्तर नया अनमोल केसीअहिले सम्मैकै उत्कृस्ट अभिनय रहेको भन्दै उनको कामलाई पनि दर्शकले तारिफ गरेका छन् । ऋतिक शाही र मेनका प्रधानको अभिनयले पनि दर्शकले मन पराएका छन् । अनमोलको पछिल्लो फिल्म ड्रिम्स बाट केहि भड्किएका दर्शकलाई यस चलचित्र गाजलुले पुन हलमा आउन बद्द्य गरेको छ यसको एउतै मात्रै कारण हो चलचित्र निकै उत्कृस्ट बनेकोले ।
indradevहेमराज बिसीको  निर्देशन रहेको यस चलचित्रलाई दर्शकले निकै सुन्दर बनेको भन्दै सामाजिक संचालमा समेत लेख्न थाले पछि भोलिको दिनमा माउथ पब्लिसिटीको आधारमा दर्शक बढ्ने पक्का देखिन्छ ।दर्शकको माया र साथले अहिलो पटक फिल्म निर्माणमा हात हालेका रोहित अधिकारी यस चलचित्रलाई दर्शकको माया देखेर निकै खुसि देखिएका छन् ।यो बर्ष रिलिज भएको सबै चलचित्रले आफ्नो लगानी उठाउन न सकेको बेला गाजलुले भने निर्मातालाई राम्रै मुनाफा दिने देखिन्छ ।
फोटो फिल्मी खबर

Namaste Filmy

Read Previous

चर्चित संगीतकार बसन्त सापकोटाको भन्छन 'क्यारम त नि'।भिडियो

Read Next

कन्सर्टपछि गायिकाको गोली हानी हत्या