तुलसी घिमिरेले दर्पण छायाँ -२ निर्देशन गर्ने

१६ बर्ष अघि सुपर हिट चलचित्र दर्पण छायाँको अर्को भाग दर्पण छायाँ -२ निर्माण हुने भएको छ ।आज राजधानीमा एक कार्यक्रम को बिच दर्पण छायाँ २ को मुहूर्त गरिएको छ ।मुहूर्त कार्यक्रममा दर्पण छायाँ २ दर्पण छायाँको सिक्वेल नरहेको समेत जानकारी दिएको थियो । दर्पण छायाँका निर्देशक तुलसी घिमिरेले निर्देशन गर्ने दर्पण छायाँ -२ मा नया कलाकार पुष्पल खड्का, साहारा कार्की र श्रद्धा प्रसाईं लिड रोलमा हुनेछन् ।चलचित्रमा सरोज खनाल, वि.एस राणा, शेरबहादुरको पनि मुख्य भूमिका रहने छ ।
darpan chayaबुधबार देखि फ्लोरमा जाने दर्पण छायाँ-२लाई  डा. लोपसाङ लामाको प्रस्तुति तथा सबु गडाल कार्की र रबि कार्कीले निर्माण गर्न लागिएको हो  ।चलचित्रमा शिव ढकाल र रामेश्वर कार्कीको छायांकन ,रनजीत गजमेर र चन्दन लोम्जेलको संगीत तथा राजेश पायल राई, शिव परियार, मेलिना राई र अशोक धमलाको स्वर रहने छ ।निर्देशक घिमिरेले नेपाली फिल्म उद्योगको लागी त्याग र बलिदानी दिनेहरुको युगको सम्भना स्वरुप सर्जकको छायाँलाई चिनाउने उद्धेश्यले फिल्म बनाउन लागेको बताए । तिहारमा रिलिज गर्ने योजना रहेको दर्पण छायाँ -२ छायांकन अमेरिकामा भईसकेको समेत जानकारी दिएका छन् । कार्यक्रममा ‘दर्पण छायाँ’मा समावेश ‘लहनाले जुरायो कि’को साथमा ‘दर्पणछायाँ २’मा समावेश ‘दर्पणमा छायाँ कति राम्रो ?’ बोलको गीतमा चलचित्रका मुख्य कलाकारले नृत्य गरेका थिए ।

Namaste Filmy

Read Previous

अनमोलको बाइकले मच्चाएको हल्ला

Read Next

अब अचानो नाममा चलचित्र निर्माण हुने