सौगातको फरक गेटअप र संवादले ‘लुकामारी’ चर्चामा तर प्रचार प्रसारमा किन आएनन सौगात !(फोटो फिचर )

saugat malla in lukamari
असार १०गते बाट प्रदशनमा आउन लागेको चलचित्र ‘लुकामारी’ सौगातको फरक गेटअप र संवाद भन्ने शैलीका कारण पनि यो चलचित्र अहिले चर्चामा छ रहेको ।नेपाली चलचित्र क्षेत्रमा कमै मात्र यस्ता कलाकार छन्, जो आफ्नो भूमिकामा डुब्न रुचाउ“छन् । हरेक चलचित्रमा फरक–फरक गेटअपमा देखिने र दर्शकलाई फरक स्वादका चलचित्र दिने कलाकारमा पर्छन् सौगात मल्ल ।
saugat in lukamari 1अर्को नया चलचित्रको छायांकनका लागि काठमाण्डौ बाहिर रहेकाले पनि सौगात ‘लुकामारी’को प्रचारमा देखिन पाएका छैनन् । तर, सौगात भन्छन्–‘मलाई मिडियामा आइराख्न मन लाग्दैन । म जे काम गर्छु, त्यो चलचित्रमा देखिन्छ ।’आफू परासी बजारमा हुर्किएकाले पनि त्यहा“को शैली, भाषालाई पर्दामा ल्याउन मन लागेको उनको भनाई थियो । जसलाई चलचित्र ‘लुकामारी’बाट पुरा गरेको उनको भनाई छ ।
pic15सौगातले भने–‘यो चलचित्रमा मेरो चौधरीको क्यारेक्टर छ । जुन यसअगाडि गरेका चलचित्र भन्दा विल्कुल फरक छ ।’आफूले ब्यानर र स्क्रिप्ट दुबै हेरेर काम गर्ने गरेको सौगातले बताए । श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुरजमानसिंह भण्डारीले निर्माण गरेका हुन् । चलचित्रमा कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत लगायतका कलाकारको अभिनय छ । चलचित्रमा कमेडीको साथमा थ्रिलर बिषय समावेश छ ।
pic12
pic6
pic5

Namaste Filmy

Read Previous

‘रेलीमाइ’को रमाइलो गीत ‘जाउँ हिड खसौली’ हेर्नुहोश। भिडियो

Read Next

'जात्रा' नाममा फिल्म बन्दै