'जात्रा' नाममा फिल्म बन्दै

Jatraप्रचलित शब्द हो ‘जात्रा’ । यहि नाममा अब नेपाली फिल्म निर्माण हुने भएको छ । फिल्मलाई हिट फिल्महरु ‘टलकजंग भर्सेस टुल्के’ र ‘पशुपतिप्रसाद’मा लगानी गरेका कलाकार रबिन्द्रसिहं बानियाले निर्माण गर्ने भएका हुन ।
उनीसँगै यादव पौडेल र सिगे लामाले पनि फिल्ममा लगानी गर्नेछन । फिल्मले काठमण्डौको गल्लीमा भातारिने तीन पात्रको कथा पेश गर्नेछ । फिल्ममा बानियाँ मुख्य भुमिकामा रहनेछन भने उनीसँगै प्रकाश घिमिरे, रबिन्द्र झा, प्रविण खतिवडा, कमलमणि नेपाल बर्षा राउतको अभिनय रहनेछ ।
फिल्मको यहि असार ५ गतेबाट छयांकन सुरु हुदैछ । फिल्ममा प्रदिप भट्टराईको लेखन निर्देशन रहनेछ ।

Namaste Filmy

Read Previous

सौगातको फरक गेटअप र संवादले ‘लुकामारी’ चर्चामा तर प्रचार प्रसारमा किन आएनन सौगात !(फोटो फिचर )

Read Next

ऋतिकसँग पनि डराए शाहरुख