चलचित्र सम्बन्धी पढाई हुने ‘एभरेष्ट फिल्म एकेडेमी’को उद्घाटन

बिहिबार राजधानीको मिनभवमा बाट ‘एभरेष्ट फिल्म एकेडेमी’संचालनमा आएको छ ।आज एक कार्यक्रमको बिच सूचना तथा संचारमन्त्री शेरधन राइले ‘एभरेष्ट फिल्म एकेडेमीको उद्घाटन गरेका छन् ।यस अघि सरकारी तहबाट ‘ओस्कार फिल्म कलेज’ मात्र संचालनमाआएको थियो भने आज बाट निजी स्तरबाट चलचित्र सम्बन्धी एकेडेमीको संचालनमा आएको छ ।
everst film memberसो एकेडेमी संचालनमा नेपाली चलचित्र क्षेत्रका हस्तीहरुको संलग्नता रहेको छ । जहा“ ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन–भीएफएक्स’ पढाइनेछ ।कार्यक्रममा बोल्दै एकेडेमीका अध्यक्ष सुनिल थापाले एक बर्षमा दक्ष र गर्व गर्न लायक विद्यार्थी जन्माउने बताए । उनले शत प्रतिशत दक्ष विद्यार्थी यो एकेडेमीबाट चलचित्र क्षेत्रमा जाने बताए ।
यस्तै, एकेडेमीका सीइओ प्रकाश पुरीले आफूले चलचित्र क्षेत्रमा पढेर आएका मानिसहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । उनले ३ बर्ष लामो मिहिनेतपछि एकेडेमी संचालनमा आएको जानकारी दिए । निर्देशक उज्ज्वल घिमिरे डिरेक्टर रहेको यो एकेडेमीमा विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’को रुपमा छन् । यस्तै, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा आवद्ध छन् ।
everst film‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरेको टिम छ । यस्तै, अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् ।दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ । सल्लाहाकार टिममा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकालको टिम छ ।१ बर्षभित्र कुनै एक विधामा दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य यो एकेडेमीले लिएको छ । कलेजमा सैद्धान्तिक भन्दा पनि व्यवहारिक शिक्षामा जोड दिइने भन्दै डिरेक्टर उज्ज्वल घिमिरेले भने–‘यसका लागि आवश्यक प्रविधी यो एकेडेमीमा उपलब्ध छ ।

Namaste Filmy

Read Previous

प्रचण्डले नातिनीको एल्बम सार्वजनिक गरे , नातिनी भन्छिन 'मलाई माया गर्ने मान्छे कस्तो होला '।भिडियो

Read Next

गीत सगै पर्शुरामको छायांकन सकियो ।(भिडियो र फोटो कथा )