‘लुकामारी’को पोखरामा भव्य प्रिमियर (फोटो फिचर)

lukamari primiyar
बुधबार पोखरामा नेपाली चलचित्र ‘लुकामारी’को पोखरामा भव्य प्रिमियर भएको छ । प्राय राजधानीमा मात्रै हुने चलचित्रको प्रिमियर यस चलचित्रले भने बुधबार साँझ ट्रेड मलस्थित ‘पोखरा सिनेप्लेक्स’मा आयोजना गरेको थियो ।प्रिमियरबाट फिल्मलाई मिश्रित प्रतिक्रिया मिलेको छ ।प्रिमियरमा पोखराका व्यवसायी, फिल्मकर्मी, संचारकर्मी र फेशनसम्बद्ध व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
primiyar lukamari
प्रिमियरका लागि काठमाण्डौबाट फिल्म यूनिट संचारकर्मीको जम्बो टोलीसहित पोखरा आईपुगेको थियो । रेड कार्पेटसहित निकै तामझामसँग भएको प्रिमियर शो को क्रममा फिल्मका कलाकारहरु विशेष आकर्षणमा रहे । खासगरि फिल्मका अभिनेत्री सुरबिना कार्कीले धेरैको ध्यान खिचिन् ।
saugat
प्रिमियरको लागि चलचित्रका मुख्य कलाकार सौगात मल्ल र कर्मा शाक्य ,कोरियोग्राफर रेनेशा वान्तवा राई लगायत पोखरा पुगेका थिए । ‘क्राईम ईन्भेस्टिगेशन’ थिमको फिल्म भएपनि मनोरञ्जनात्मक तवरले फिल्मलाई प्रस्तुत गरिएकोले दर्शकले यसलाई रुचाउनेमा फिल्म निर्माणपक्ष ढुक्क देखियो ।श्रीराम दाहालको निर्देशनमा तयार भएको यो चलचित्रलाई सुरजमानसिंह भण्डारीले निर्माण गरेका हुन् ।
lukarami dinesh
प्रिमियर अगाडि भएको कार्यक्रमको क्रममा निर्देशकले आफुले पुरा बल लगाएर फिल्मलाई राम्रो बनाउन प्रयास गरेको बताए ।भोलि बाट प्रदशनमा आउन लागेको चलचित्र ‘लुकामारी’ सौगातको फरक गेटअप र संवाद भन्ने शैलीका कारण पनि यो चलचित्र अहिले चर्चामा छ रहेको ।
lukamai so
 
 
फिल्ममा सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विनोद खतिवडाको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रेनिशा राइको नृत्य निर्देशन, विकास सिलवालको संगीत छ ।
surbina
saugat lukamari
 

Namaste Filmy

Read Previous

सृष्टिबारे ‘रिसर्च’ गर्नुअघि

Read Next

फ्राइडे रिलिज :‘लुकामारी’र 'रिलेशन'