
फ्राइडे रिलिज अन्तर्गत यो शुक्रबार नेपाली कथानक चलचित्र‘लुकामारी’र रिलेशन रिलिज भएको छ । यति तपाई नया चलचित्र हेर्न सिनेमा घरमा जादै हुनु हुन्छ भने एक पटक यो हप्ता बाट प्रदर्शनमा आएको चलचित्रको बारेमा बुझेर हेर्न जानु होला । हामी तपाईलाई फ्राइडे रिलिजको बारेमा पूर्ण जानकारी दिदै छौ ।शुक्रबारबाट नेपाली बक्स अफिसमा प्रदर्शनमा आएको चलचित्र ‘लुकामारी’र रिलेशनको बारे बिस्तृत जानकारी प्रकाशन गरेका छौ ।
‘लुकामारी’
फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबार बाट देशका मुख्य मुख्य सिनेमा घर बाट चलचित्र ‘लुकामारी’ प्रदर्शनमा आएको छ ।श्रीराम दाहालले निर्देशन गरेको चलचित्रलाई सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् ।फिल्ममा सौगात मल्ल, कर्मा, सुरविना कार्की, रीस्ता बस्नेत, विक्रम सिंह थारु, जेवीडीसी, बसन्त भट्ट मुख्य भूमिकामा छन् ।चलचित्र ‘लुकामारी’ सौगातको फरक गेटअप र संवाद भन्ने शैलीका कारण पनि यो चलचित्र अहिले चर्चामा छ रहेको ।फिल्ममा सुसन प्रजापतिको छायांकन, कृष्ण भण्डारीको सम्पादन, विनोद खतिवडाको पटकथा तथा संवाद, अष्ट महर्जनको एक्सन, रेनिशा राइको नृत्य निर्देशन, विकास सिलवालको संगीत छ ।
‘रिलेशन’
त्यस्तै फ्राइडे रिलिज अन्तर्गत आज शुक्रबारबाट देशभरका सिनेमा घरबाट चलचित्र ‘रिलेशन’प्रदर्शनमा आएको छ ।दिपेन्द्र दाहालले निर्देशन गरेको चलचित्र रिलेशनमा तेक्वान्दो खेलको महत्वले संसारिक जिवनमा पार्ने प्रभावको बिषयमा प्रष्टेयाईएको छ । रिलेशनमा तेक्वान्दोका फस्ट सेभेन डन दिवाकर डन महर्जन र अमेरिकी व्ल्याक बेष्ट कृटिना नुनास तथा उपेन्द्र तिमल्सिना,महिमा सिलवाल ,लक्ष्मण बिक्रम बस्नेत ,शुशिल पोख्रेल लगायत तेक्वान्दोका अन्र्तराष्ट्रिय खेलाडीहरुको पनि अभिनय रहेको छ ।

