साउन २१ मा सुन्तलीलाई झिल्केले भगाउने ।भिडियो

आईतबार राजधानीमा चलचित्र ‘सुन्तलीलाई भगाई लग्यो झिल्केले’ को टिमले एक कार्यक्रम आयोजना गर्दै चलचित्रको बारेमा जानकारी गराइएको छ ।पत्रकार भेटघाटमा निर्देशक ऋषिराज आचार्य आफूले यसपटक अहिलेसम्म नेपाली चलचित्र क्षेत्रमा नउठेको बिषयलाई लिएर चलचित्र बनाएको बताए।
sblj-in2आचार्यले यसअघि सपना तिम्रो मेरो र मिस्टेक निर्देशन गरिसकेका छन् । चलचित्रको कथा निर्देशक आचार्यले नै लेखेका हुन् भने निर्माता पनि उनै हुन् । पत्रकार भेटघाटमा चलचित्रको ट्रेलर र गित सार्वजनिक गरिएको थियो तर ट्रेलर र गित यूटुवमा यस अघि नै सार्वजनिक भै सकेको छ ।चलचित्रमा सुशान्त कार्की, सुशिल सिटौला, सुरजनी केसी, शिशिर भण्डारीको साथमा नयाँ-कलाकार रीजा भुषालको मुख्य भूमिका छ ।साउन २१ गतेबाट रिलिज हुने यस चलचित्रको टाइटल गीत अहिले चर्चामा रहेको छ ।

Namaste Filmy

Read Previous

'पार्सल'को 'लाहुरे आयो'बोलको गीत सार्वजनिक ।भिडियो

Read Next

सुपर स्टार नायक अनमोल केसीको नया चलचित्रको गीत सार्वजनिक ।भिडियो