अनमोल केसी भेट्ने तपाइको चाहना ‘म त तिम्रै हुँ’ ले पुरा गर्दिने

नेपाली चलचित्र क्षेत्रका अहिलेका स्टार हुन् नायक अनमोल केसी । युवा दर्शकहरुको ढुकढुकीको रुपम स्थापित नायक अनमोललाई भेट्न खोज्नु दर्शकहरुको चाहना स्वभाविक नै हो । तिनै दर्शकहरुले अब अनमोललाई भेट्न मात्र होइन् संगै बसेर लन्च समेत खान पाउने अवसर पाएका छन् ।
दर्शकहरुका लागि यस्तो अवसर आउँदो साउन ७ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको चलचत्रि ‘म त तिम्रै हुँ’ ले जुराई दिएको हो । लक्की दर्शकले अनमोलसंग मात्र नभई चलचत्रि ‘म त तिम्रै हुँ’ बाट नेपाली चलचित्रमा उदाउन लागेको नवनायक आकाश श्रेष्ठसंग समेत बसेर लन्च खान पाउने छन् । आम दर्शकहरुको चाहना हेरेरै यस्तो क्वीज अफर ल्याएको चलचित्रकी निर्मात्री एवंम नायिका सुस्मिता केसीले  बताईन् । उनले यसका लागि केही शर्तहरु समेत राखिएको जानकारी दिईन् ।
anmol news
चलचित्रले राखेको शर्त अनुसार चलचित्रको फेसबुक पेज (म त तिम्रै हुँ) लाई सुरुमा लाईक गर्नुपर्ने , सो पेजमा राखिएको क्वीजको पोष्टलाई लाईक गर्नुपर्ने, त्यसपछि प्रश्नको उत्तर कमेन्ट गर्नुपर्ने र सो पोष्टलाई शेयर गर्नुपर्ने हुन्छ । यी शर्तहरु पालना गर्ने दर्शकहरुबाट गोला प्रथाबाट उत्कृष्ट पाँच जनालाई विभिन्न उपहारहरु प्रदान गरिने छ ।
नायिका एवंम निर्मात्री सुस्मिताले उत्कृष्ट पाँच जनालाई चलचित्र ‘म त तिम्रै हुँ’ को भिआईपी रेडकार्पेट प्रिमियर शो को टिकट, एलजी स्मार्ट फोन र नायक अनमोल केसी र आकाश श्रेष्ठसंग लन्चको व्यवस्था गरिएको जानकारी दिईन् । नायक अनमोल केसी यस चलचित्रका निर्माता हुन् । उनकै नामको व्यानर अनमोल क्रियशनबाट चलचित्र निर्माण भएको हो । चलचित्रमा नायक आकाशसंगै नायिका जोयत्सना योगी र सुस्मिता केसीको मूख्य भुमिका रहेको छ । चलचित्रलाई श्रीराम महतले निर्देशन गरेका हुन् ।

Namaste Filmy

Read Previous

दिपाश्री निरौलाले गरिन कान्तिपुर बुटिकको उद्घाटन

Read Next

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा फान अवार्ड सम्पन्न ,आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक-नायिका