प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा फान अवार्ड सम्पन्न ,आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक-नायिका

शनिबार चलचित्र कलाकार संघले पहिलो पटक आयोजना गरकेो ‘फान अवार्ड २०७२’मा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथी रहेको कार्यक्रममा विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो ।
 त्रिभुवन आर्मी अफिसर्स क्लबमा आयोजित पहिलो ‘फान अवार्ड’मा चलचित्र क्लासिक’ बाट आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक-नायिकाको विधामा अवार्ड जितेका छन् ।
उत्कृष्ट फिल्मको अवार्ड ‘पशुपतिप्रसाद’ले जितेको छ ।यो बाहेक चलचित्र ‘पशुपति प्रसाद’ले उत्कृष्ट निर्देशक, उत्कृष्ट खलपात्र र उत्कृष्ट कथाको विधामा अवार्ड जित्न सफल भयो ।वरिष्ठ कलाकार हरि प्रसाद रिमालललाई नगद १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहित ‘दीर्घ साधान सम्मान’ प्रदान गरियो ।

fan award
प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा संचारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनलाई सम्मान गरे । दोसल्ला, सम्मानपत्र र नगदसहित उनलाई सम्मानित गरिएको हो ।

 कार्यक्रममा नाम चलेका कलाकारहरुले दर्जनबढि फिल्मका गीतमा नृत्य प्रस्तुत गरे । कार्यक्रममा नेपाली चलचित्र क्षेत्रका चर्चित अनुहारहरुको उपस्थित थियो ।

fan award 1
त्यस्तै महानायक राजेश हमाल र अभिनेत्री रेखा थापालाई चलचित्र कलाकार संघको फान अवार्डमा लोकप्रिय कलाकारको रुपमा सम्मान गरिएको छ भने युवा स्टार अनमोल केसीलाई हिरो अफ दि ईएर उपाधीसहित सम्मान गरिएको छ ।
rekha thapa faan
फान अवार्ड २०७२ का बिजेताहरुको सुची यस प्रकार छ :
१.उत्कृष्ट फिल्मः पशुपति प्रसाद
२.उत्कृष्ट नायकः आर्यन सिग्देल(क्लासिक)
३.उत्कृष्ट नायिकाः नम्रता श्रेष्ठ(क्लासिक)
४.उत्कृष्ट निर्देशकः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)
५.उत्कृष्ट हाँस्य कलाकारः विल्सन विक्रम राई(अधकट्टी)
६.उत्कृष्ट खलपात्रः विपिन कार्की(पशुपति प्रसाद)
७.उत्कृष्ट सह-अभिनेताः जीतु नेपाल(वडा नम्बर ६)
८.उत्कृष्ट सह-अभिनेत्रीः रोमी घिमिरे(क्लासिक)
९.उत्कृष्ट नव-अभिनेत्रीः साम्राज्ञीराज्य लक्ष्मी शाह(ड्रिम्स)
१०.उत्कृष्ट नव-अभिनेताः पल शाह(नाई नभन्नु ल ४)
११.उत्कृष्ट चरित्र अभिनेताः रमेश वुढाथोकी(भाग् सानी भाग्)
१२.उत्कृष्ट चरित्र अभिनेत्रीः लक्ष्मी गिरी(प्रेमगीत)
१३.उत्कृष्ट नव-निर्देशकः भूवन केसी(ड्रिम्स)
१४.उत्कृष्ट छायांकारः संजय लामा र पुरुषोत्तम प्रधान(ड्रिम्स)
१५.उत्कृष्ट सम्पादनः सुरेन्द्र पौडेल(क्लासिक)
१६.उत्कृष्ट संगीतकारः राजनराज सिवाकोटी(वडा नम्बर ६)
१७.उत्कृष्ट गायकः यूवराज चौलागाई(क्लासिक)
१८.उत्कृष्ट गायिकाः अन्जु पन्त(प्रेमगीत)
१९.उत्कृष्ट गीतकारः डाक्टर कृष्णहरि बराल(प्रेमगीत)
२०.उत्कृष्ट द्धन्द्ध निर्देशकः हिमाल केसी(भैरव)
२१.उत्कृष्ट नृत्य निर्देशकः शंकर वीसी(वडा नम्बर ६)
२२.उत्कृष्ट संवादःदीपकराज गिरी(वडा नम्बर ६)
२३.उत्कृष्ट पटकथाः रामबाबु गुरुङ र उपेन्द्र सुब्बा(कबड्डी कबड्डी)
२४.उत्कृष्ट कथाः दीपेन्द्र के खनाल(पशुपति प्रसाद)
तस्बिर स्राेत-फिल्मीखबर डटकम

Namaste Filmy

Read Previous

अनमोल केसी भेट्ने तपाइको चाहना ‘म त तिम्रै हुँ’ ले पुरा गर्दिने

Read Next

पर्शुराममा किशोरको एक्शन अबतार ,चलचित्रको पोस्टर सार्वजनिक