पर्शुराममा किशोरको एक्शन अबतार ,चलचित्रको पोस्टर सार्वजनिक

आईतबार बेलुका चलचित्र पर्शुरामको घोराहीमा पत्रकार सम्मेलन गरी पोस्टर सार्वजनिक गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाशराजशर्मा, दाङ जिल्ला उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष खड्ग बुढाथोकी, निर्माताहरु महेन्द्र बुढाथोकी, यादव सैघालि, राजभक्त राना, कार्यकारी निर्मातासविन प्रियासनले पोष्टरको सार्वजनिक गर्नुभएको हो ।
prasuram postar lunch
सो अबसरमा बोल्दै चलचित्रका निर्माता महेन्द्र बुढाथोकीले चलचित्रको ९० प्रतिशत सुटिङ दाङमा रपाँच वटा गीत मध्ये २ वटा गीतको सुटिङ सौराहा, लुम्बीनी, पाल्पा, पोखरामा गरिएको जानकारी दिनुभयो ।संचारकर्मीहरुको जिज्ञासामा कार्यकारी निर्मातासविन प्रियासनले चलचित्रका लागि उच्चकोटीको प्रविधि प्रयोग गरिएको र हालसम्म ८० लाख बढि खर्च भएको र चलचित्र प्रदर्शनीसम्म एक करोडको लगानी पुग्ने जानकारी दिनुभयो । क चिल्ली इन्टरटेटमेन्टको व्यानरमा निर्माण भएको पर्शुरामको दाङका प्रतिष्ठित व्यवसायी बलिभद्र रानाको प्रस्तुती रहेको जानकारी गराईको थियो । चलचित्रमा लेखन तथा निर्देशन एनआर घिमिरेको रहेको छ ।
prasuram postar
चलचित्रमा चर्चित नायक किशोर खतिवडाले पर्शुरामको भूमिकामा आफूलाई उतारेका छन् भने उनको जोडीकारुपमा नवनायीका जानभी बस्नेत देखा परेकि छन् ।यी दुइको अलावा चलचित्रमा सुशील पोख्रेल, ध्रुवराज अधिकारी, यादव सैघाली, राज राना, महेन्द्र बुढाथोकी, निमिता गिरीको अभिनयरहेको छ ।अबको एकसताभित्र टिचर सार्वजनकि गर्नुका साथै सबै सञ्चार माध्यमहरुमा व्यापकरुपमा प्रचारप्रसार गर्ने तयारी निर्माण पक्षले गरेको छ ।
चलचित्रका निर्माता महेन्द्र बुढाथोकीको अध्यक्षता, डिएसपी प्रकाशराज शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा चलचित्रका निर्माण संयोजक खड्ग बुढाथोकी, निर्माताहरु यादव सैघाली, राजभक्त रानालगायतकाले बोल्नुभएको थियो । एक्सन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित सन्देशमुलक वहुचर्चित चलचित्र पर्शुरामकोदाङमा छायांकन गरिएको हो ।
चलचित्रमा ५० बढी घोडाको प्रयोग, दर्जनौं गाडी, मोटरसाइकलहरुको एकैसाथ प्रयोग गरिएको छ । चलचित्रमा दाङको घारपानीमा रहेको विश्वकै ठूलो त्रिशुल, दाङका विभिन्न पर्यटकीय क्षेत्र, लुम्बीनी, कास्की र चितवनका विभिन्न महत्वपूर्ण क्षेत्रहरुको लोकेसन कैद रहेको पर्शुराममा अनुभवले खारिनुभएका द्वन्द्व निर्देशक रोशन श्रेष्ठले उत्कृष्टरुपमा एक्सन रहेको छ ।चलचित्रमा टंक बुढाथोकिको संगीत रहेको छ ।चलचित्रमा टंक बुढाथोकिको संगीत रहेको छ ।

Namaste Filmy

Read Previous

प्रधानमन्त्रीको प्रमुख आतिथ्यतामा फान अवार्ड सम्पन्न ,आर्यन सिग्देल र नम्रता श्रेष्ठले उत्कृष्ट नायक-नायिका

Read Next

‘वीर विक्रम’को ट्रेलर सार्वजनिक । भिडियो