निस्कदैछ अवाजबाट बिजुली । भिडियो

Bijuli manchheहामीलाई सुन्दा रमाइलो लाग्छ, अवाजबाट बिजुली ? तर फिल्म ‘बिजुली मान्छे’मा अवाजबाट बिजुली निकालिएको कथा छ । अहिलेको बिज्ञान र नयाँ पुस्तको आइडिया प्रयोग गरेर अवाजबाट बिजुली निकाल्न सकिने सकारात्मक सन्देश फिल्मले प्रवाह गरेको छ ।
हालै फिल्मको ट्रिजर रिलिज गरिएको छ । जसमा प्लस टु पढ्ने केहि बिद्यार्थीले अवाजबाट बिजुली निकाल्ने संघर्ष गरेका छन । फिल्मलाई नविन अवालले निर्देशन गरेका हुन । फिल्म भदौ ३१ गतेदेखि देशभर प्रदर्शनमा आउने फिल्ममा रिसभ आचार्य, सञ्जय न्यौपाने, दिपेन बस्नेत र सन्तोष लामिछानेको संयुक्त लगानी छ ।
फिल्ममा अभिषेक सुवेदी, जीवन अधिकारी, एलिजा श्रेष्ठ, बुद्धि तामाङ, लक्ष्मी भूषाल, कमलमणी नेपाल मुख्य भूमिकामा प्रस्तुत भएका छन् भने महानायक राजेश हमाल विशेष भूमिकामा प्रस्तुत भएका छन् ।

Namaste Filmy

Read Previous

सलमान खानको ‘सुल्तान’ले भारतमा दुई दिनमा ७३.७४ करोड कमायो ,नेपालमा पनि अहिले सम्मकै उच्च कलेक्सन

Read Next

‘वृन्दावन’को ट्रेलर सार्वजनिक ,शिल्पाको खतरनाक एक्सन ।भिडियो