‘वृन्दावन’को ट्रेलर सार्वजनिक ,शिल्पाको खतरनाक एक्सन ।भिडियो

चलचित्र ‘वृन्दावन’को ट्रेलर सार्वजनिक गरिएको छ ।शुक्रबार चलचित्रको निर्माण युनिटले जोरपाटीमा रहेको खगेन्द्र नवजीवन केन्द्रका अपाङगता भएका बालबालिका तथा महिलालाई भोजन गराउँदै आफ्नो फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो ।
brindaban
चलचित्र वृन्दावन’ले सामाजिक कार्यको थालनी गर्दै पाङगता भएका बालबालिका तथा महिलालाई भोजन गराउदै आफ्नो चलचित्रको प्रचार प्रसार समेत सुरु गरेको छ । भाद्र १७ गते देखि प्रदर्शनमा आउन लागेको यस चलचित्रका निर्देशक राज बहादुर सानेले आफ्नो फिल्मको तर्फबाट सानो सामाजिक सेवा रहेको बताए । यस्तै निर्माता रुद्र खनालले पनि यसरी सामाजिक सेवामा जोडिन पाउँदा खुसी लागेको बताउनु भयो ।
चलचित्रका मुख्य कलाकार नायक किशोर खतिवडा र नायिका शिल्पा पोखरेल भने सो कार्यक्रममा सहभागी भएका थिएन् । रुद्राक्ष फिल्मसको व्यानरमा पहिलो पटक निमार्ण गरिए ‘वृन्दावन’मा किशोर र शिल्पाको अलावा दिपेन्द्र प्रकाश केसी ,प्रकाश कंडेल , दोन्द मसुशील पोखेरलको अभिनय रहेको छ ।
विशुद्ध प्रेमकथा र एक्शन जनरामा निमार्ण गरिएको चलचित्र हो ‘वृन्दावन’मा दर्शकले लामो समयपछि बाँदरको अभिनय पनि देख्न सक्नेछन् ।रुद्र खनालको निर्माण रहेको या चलचित्रमा कमल जीसी सह-निर्माताक रुपमा रहेका छन् ।

Namaste Filmy

Read Previous

निस्कदैछ अवाजबाट बिजुली । भिडियो

Read Next

'सुल्तान'को रेकर्डतोड कमाई । ३ दिनमा १०५ करोड