एनआरएन अनुजा प्रधान ‘नमस्ते नेपाल’ मार्फत नेपाली रजतपटमा डेब्यु गर्दै

चलचित्र ‘नमस्ते नेपाल’अहिले प्रदर्शनको संघारमा आइपुगेको छ ।यहि शुक्रबार अर्थात् असार ३१ गतेबाट चलचित्र देशभरिका सिनेमा घर बाट रिलिज हुदैछ ।यसै चलचित्र ‘नमस्ते नेपाल’ मार्फत नेपाली रजतपटमा एउटा नया नायिकाले डेब्यु गर्दै छिन् ।
anuja pradhanस्कुल कलेजमा हुने विभिन्न कार्यक्रममा आफ्नो नूत्य र अभिनयले सबैको मन जितेकी अनुजा प्रधान यसै चलचित्र बाट नायिकाको रुपमा देखिदै छिन् ।चितवन घर भएकी अनुजा यति बेला बेल्जियममा नै बस्छिन ।एनआरएन समेत रहेकी अनुजालाई यस अघि पनि अरु चलचित्रमा पनि अभिनय गर्ने अफर भने न आएको हैन तर कार्य व्यस्तताले समय दिन न सकेकी अनुजाले यस पटक भने चलचित्र निर्माण युनिटको अनुरोधमा यस चलचित्रमा अभिनय गरेकी हुन् ।
namaste nepal
बिशेष गरेर आफु रहेको ठाउँ बेल्जियम लगायतको ठाउमा चलचित्र छायांकन भएको हुदा पनि उनले चलचित्रमा अभिनय गर्ने सम्भावना देखिएको हो ।पहिलो पटक चलचित्रमा अभिनय गरे पनि अनुजाको कुनै नायिकाको भन्दा कम अभिनय न भएको भन्दै चलचित्रका नायक सविन श्रेष्ठले समेत उनको खुलेरै तारिफ गरेका छन् ।
बेल्जियममा नै छायांकन बाहेक अर्को चलचित्र लप्पन चप्पनमा समेत समेत अभिनय गरेकी अनुजाले समय मिलेमा र राम्रा चलचित्रमा काम गर्ने अफर आएमा अभिनय समेत गर्ने नमस्ते फिल्मी सगको कुराकानीमा बताउनु भयो ।
anuja
यहि शुक्रबार बाट रिलिज हुने आफ्नो चलचित्र ‘नमस्ते नेपाल’ हेरिदिनु हुन अनुरोध गर्दै आफुले पढेको स्कुल सनराईज ईङग्लिस स्कुलको टिचर र पूर्व बिधार्थीलाई पचास वटा टिकट समेत उपलब्ध गराउनु भएको पूर्व बिधार्थी अनिल अधिकारीले जानकारी दिनु भयो । लामो समय देखि यूरोपमा आफ्नो ब्यबसाय गरेर बसेकी अनुजाले अभिनय गरेको ‘नमस्ते नेपाल’ रिलिज पछि दर्शकको प्रतिक्रिया पछि थाहा होला उनको अभिनयलाई कतिको रुचाउने हुन् ।
चलचित्र ‘नमस्ते नेपाल’राजु शाहको निर्देशनमा तयार भएको ।“नमस्ते नेपाल”को छायाकंन यूरोपका फ्रान्स , बेल्जियम , जर्मनी सहित विभिन्न देशमा गरिएको हो ।द्वारिका उदय प्रोडक्सन प्रा.लिको प्रस्तुतीमा चलचित्रलाई प्रदिप कुमार उदय, मन्दिरा श्रेष्ठ र श्रीजु शाहको लगानीमा निर्माण गरिएको हो ।
चलचित्रमा अनुजा र सबिनको अलावा आना(बेल्जियम), श्याम श्रेष्ठ, गोपाल ढकाल, अडि(बेल्जियम), जर्ज(बेल्जियम),सनम कुमार वैरागी, कमला दाहाल, नरेन्द्र थापा, पार्वती अधिकारी लगायतको मुख्य भूमिका रहेको छ ।

Namaste Filmy

Read Previous

'सुल्तान'को रेकर्डतोड कमाई । ३ दिनमा १०५ करोड

Read Next

चर्चामा चलचित्र ‘मरिना’को कभर सङ प्रतियोगिता,प्रतियोगी दिन प्रतिदिन बढ्दै।भिडियो