करिश्मा रमेश उप्रेतीको निर्देशक ।

[dropcap][/dropcap]फल अभिनेत्री करिश्मा मानन्धर अब निर्देशक बन्ने संकेत देखिएको छ । आइतबार आफ्नै निवास गोदावरीमा आयोजित होली बिशेष कार्यक्रममा सञ्चारकर्मीका सामु करिश्मा ले यो कुराको संकेत दिएकी हुन ।karishma and rameshशुक्रबार मात्र अमेरिका छाडेर नेपाल आएका अभिनेता रमेश उप्रेतीलाई देखाउदै उनले म उनको डाइरेक्टर भनेकी थिइन । उनको यस क्रियाकलापले अब करिश्मा रमेश उप्रेतीले निर्माण गर्ने फिल्म निर्देशन को तयारीमा रहेको बुझ्न सकिन्छ । रमेश लामो समयको अमेरिका बसाई त्यागेर नेपाल फर्किएक हुन । उनले अब नेपाली चलचित्र निर्माण गर्दैछ र सो फिल्मको निर्देशन करिश्मा ले गर्दैछन । फिल्ममा रमेशले लगानी मात्र नभई एक मुख्य कलाकारको रुपमा पनि अभिनय गर्ने बुझिएको छ । फिल्ममा करिश्मासंगै पुराना कलाकार अर्जुन श्रेष्ठको पनि केहि प्रतिशत लगानी रहने स्रोतले खुलाएको छ ।
यसअघि करिब एक बर्ष पहिले करिश्मा नेपाल पर्किदै गर्दा पनि रमेशको निर्माणमा करिश्माले फिल्म निर्देशन गर्ने भनिएको थियो तर यसबारेमा दुवैले खुलेर बोलेका थिएनन । तर अब भने पक्का भएको छ  कि कलिउडकी सदावहार सुन्दरी निर्देशक बन्ने भएका छन ।

Namaste Filmy

Read Previous

चलचित्रकर्मीको होली फोटो कथामा

Read Next

ओएसटीमा आयो 'फिटकिरी' । (भिडियो)