गायक शिव परियारको गीतमा निरञ्जन र स्वस्तिमाले “नभेटी नभेटी”माया लगाए पछि ।भिडियो

नेपाली सांगेतिक क्षेत्रक एक धरोहर गायक शिव परियार यति बेला यूरोपको विभिन्न देशमा आफ्नो सांगेतिक प्रस्तुतिमा ब्यस्त रहेका छन् ।
उनको स्वर रहेको गीत एक पछि अर्को गर्दै बजारमा हिट हुदै गएका छन् ।देश तथा बिदेशमा उनको माग बढ्दै जानु अनि उनको आवाज रहेको गीतले बजारमा तहल्का पिट्नुले गर्दा अहिले शिवले आफ्नो समकालीन गायकलाई धेरै पछाडी परि सकेका छन् ।
shiva pariyar
उनै शिव परियारको अडियोमा हिट भै सकेको गीत “नभेटी नभेटी” बोलको गीतको भिडियो समेत रिलिज भैसकेको छ ।
मायाँ बस्नलाई भेटघाट हुनै पर्छ भन्ने छैन, भेटघाट नभई नै माया बस्न पुगेकोछ, मुटु साटिन पुगेकोछ, सात समुन्द्र पारि बाट दिल जोडिन पुगेकोछ ।यस्तै मिठो शब्द रहेको यस गीतलाई स्वेता मैनालीले लेख्नु भएको हो ।
n bheti n bheti
शिवको स्वर सगै संगीत पनि रहेको यस गीत शिवालय एल्बममा समाबेश गरिएको  छ ।
बिशाल भण्डारीको निर्देशनमा बनेको भिडियोमा निरञ्जन र स्वस्तिमाको अभिनय रहेको छ । हरि हुमागाईले छायांकन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन ।

Namaste Filmy

Read Previous

नीता ढुंगानालाई ‘कान्छी’ भन्ने को हुन् यी मोडल ।भिडियो

Read Next

रमेश उप्रेतीको कमब्याक । 'ब्रासलेट' ट्रेलर हेर्नुस (भिडियो)