ओएसटीमा आयो 'फिटकिरी' । (भिडियो)

[dropcap]प्र[/dropcap]दर्शनको संघारमा रहेको फिल्म ‘फिटकिरी’को ओर्जिनल साउन्ड ट्रयाक ओएसटि रिलिज गरिएको छ । गिरिश खतिवडा र यमन खानले र्याप हानेका ओ एस टीमा गिरिसकै संगीत रहेको छ भने भुपेन्द्र खडकाको शब्द रहेको छ ।fitkiri filmगाईको समेत महत्वपूर्ण भूमिका रहेको भनिएको ‘फिटकिरी’लाई अनुप बरालले निर्देशन गरेका हुन् । शहरमा घट्ने अपराधिक घटनालाई मुख्य विषय बनाइएको फिल्ममा सौगात मल्ल, दिया मास्के र ‘लुट’ निर्देशक निश्चल बस्नेतको मुख्य भूमिका छ । ‘फिटकिरी’ लाई अर्जुन कुमार र सुमित मैनालीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्मको सार्वजनिक प्रदर्शन अगामी शुक्रबार अर्थात चैत्र ७ बाट हुदैछ ।

Namaste Filmy

Read Previous

करिश्मा रमेश उप्रेतीको निर्देशक ।

Read Next

बलिउडलाई पनि रंगायो होलीले । फोटो फिचर ।