‘समर लभ’को लागि नायिका खोजि ,अष्ट्रेलियामा बस्नेलाई प्रथमिकता

samar loveमुस्कान ढकालले निर्देशन गर्ने नया चलचित्र ‘समर लभ’को लागि नया नायिकाको खोजि भै रहेको छ । चलचित्रको लागि नया नायिका चाहिएको हुदा अष्ट्रेलिया या नेपालमा हुनेले चलचित्रको लागि अडिसन दिन सक्नेछन् ।
‘समर लभ’को लागि १८ बर्षदेखि २५ बर्ष भित्रका यूवती नायिका चाहिएको हुदा बिशेष गरेर चलचित्र पनि अष्ट्रेलिया छायांकन हुने हुदा ‘समर लभ’का लागि अष्ट्रेलियाबाट नै नायिका छनोट गरिने भएको हो ।
चलचित्रका एक निर्माता दिनेश पोख्रेलका अनुसार अष्ट्रेलियाबाट नै नयाा प्रतिभा जन्माउने सोचका साथ यो निर्णय गर्न लागिएको बताउनु भयो ।अष्ट्रेलियामा बस्नेलाई प्रथमिकता दिने यस चलचित्रको पत्र ‘ साया’ नेपालमा भेटिए पनि उनले पनि नायिका बनाउना सकिने निर्देशक मुस्कान ढकालले जानकारी दिनु भयो ।
‘नाई नभन्नु ल’को ४ वटा हिट चलचित्र निर्माण तथा निर्देशन गर्नु भएको विकास आचार्यले यस चलचित्र निर्माण गर्दै हुनु हुन्छ ।

Namaste Filmy

Read Previous

‘वीर विक्रम’को गीत तथा अडियो सार्वजनिक । भिडियो

Read Next

'वृन्दावन’को नया गीत सार्वजनिक ।भिडियो