शुक्रबार नै रिलिज हुने भए यी फिल्महरु

chapali-height-in1प्राय फिल्महरु शुक्रबार नै रिलिज हुने गर्छन । नेपाली होस या हिन्दी यो निति धेरै पहिलेदेखि नै फिल्म प्रदर्शनमा लागु छ । तर हालै केहि निर्माताहरुले शुक्रबार फिल्म रिलिज नगरि बिहिबार रिलिज गर्ने तयारी गरेका थिए । भदौ मा रिलिजको तयारीमा रहेका यी फिल्महरुले अन्तत शुक्रबार नै फिल्म रिलिज गर्ने निष्कर्षमा पुगेका छन ।
भदौ २ गते बिहिबार रिलिज गरिने भनिएको फिल्म चपली हाइट २ ले बिहिबार राजधानीमा कार्यक्रम आयोजना गर्दै फिल्म भदौ ३ बाट मात्रै लाग्ने सार्वजनिक गरे । चलचित्र बिकास बोर्डले अनुमति नदिएका कारण रिलिज एक दिन पछाडि सारिएको निर्माण टीमको भनाई छ । तर यसबाट फिल्मलाई घाटा हुने निर्माता अर्जुन कुमारको भनाई छ । निकै आक्रोशित देखिएका उनले आफ्नो फिल्ममाथि आक्रमण भएको समेत बताए ।
यसअघि भदौ २ बाटै लाग्ने भनिएको फिल्म बीर बिक्रम पनि भदौ ३ मै रिलिज गर्न तयार भएको थियो । निर्देशक मिलन चाम्सले बिकास बोर्डको नितिलाई स्वीकार्दै शुक्रबार नै फिल्म रिलिज गर्ने बताएका थिए । त्यस्तै माघ ९ गते बिहिबार रिलिज गरिने भनिएको फिल्म झुम्किले पनि आफ्नो रिलिज मिति पोस्टपोण्ड गरिसकेको छ ।

Namaste Filmy

Read Previous

बहु-प्रतिक्षित चलचित्र ‘लुट २’ को शुभ मुर्हत सगै छायांकन सुरु ।फोटो फिचर

Read Next

५८ लागे सञ्जय दत्त । जन्मदिनमा थाहा पाउनुस उनीबारे यी रोचक तथ्य