५८ लागे सञ्जय दत्त । जन्मदिनमा थाहा पाउनुस उनीबारे यी रोचक तथ्य

sanjaydutt_mos_2_072915103125राम्रा नराम्रा दुवै तरिकाले चर्चामा छाइरहने बलिउड अभिनेता सञ्जय दत्त शुक्रबारबाट ५८ बर्षमा लागेका छन । उनले शुक्रबार आफ्नो ५७ औ जन्मदिन सेलेब्रेट गर्दैछन । बलिउडमा उनी सधैभरि चर्चामा रहे । फिल्म होस या अन्य क्रियाकलाप उनलाई सधै फ्यानले फलो गरिरहे ।
गत फेब्रेअरीमा ४२ महिने जेल सजाय पुरा गरि जेलमुक्त भएका उनी अहिले परिवारसँग समय बिताइरहेका छन । उनको जन्मदिनमा बलिउडका कयौ हस्तीले उनलाई शुभकामना दिएका छन ।

थाहा पाउनुस यी रोचक गोप्य तथ्यहरु :

  • सञ्जय दत्त प्रोफेशनल रेडियो जक्की पनि हुन । उनले जेल सजाय काटिरहेका बेला जेलमै रेडियो जक्कीको रुपमा काम गर्थे । उनले हिन्दी, अंग्रजी तथा मराडिमा उदघोषण गर्थे ।
  • १९८१ मा फिल्म रकि बाट बलिउड डेब्यु गरेका सञ्जयलाई देखेर पुरै बलिउड अचम्ममा परेका थिए । मुख्य भुमिकामा आएका सञ्जयको फिल्म ब्लकबस्टर भएको थियो । तर फिल्म रिलिज हुने केहि दिनअघि उनको आमा अर्थात चर्चित अभिनेत्री नर्गिसको निधन भएको थियो ।
  • बलिउडमा जमिरहेकै बेला उनलाई ड्रग्स लिने बानी परेको थियो । जसकारण थुप्रै ठुला फिल्महरु उनले गुमाउनुपरेको थियो । पछि बुवा सुनिल दत्तले अमेरिकाको एक नशामुक्ति केन्द्रमा लगेर उनको उपचार गरेका थिए ।
  • ठुला फिल्म खलनायक रिलिजको संघारमा रहेका बेला उनलाई मुम्बई बमकाण्डको आरोपमा गिरफतार गरिएको थियो ।
  • सञ्जयले तीन बिबाह गरेका छन । उनको पहिलो श्रीमति ऋचा शर्माको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो । दोस्रो रिया पिल्लैसँग डिभोर्स भएको थिया र तेस्रो मान्यतासँग अहिले उनी छन । उनको दुई सन्तान छन ।

Namaste Filmy

Read Previous

शुक्रबार नै रिलिज हुने भए यी फिल्महरु

Read Next

देशभरिकै पत्रकार भेट्दै 'ब्रासलेट' निर्माता, निर्देशक