अनमोलको हिरोइन भेटियो

Aditi Budathokiहटकेक स्टार अनमोल केसीसँग रोमान्स गर्ने हिरोइन भेटिएकी छिन । अनमोलको नयाँ फिल्म ‘कृ’ को लागि हिरोइनको निर्माण टीमले हिरोइनको खोजी गरेका थिए । थुप्रै युवतिहरुलाई अडिसन पछि अन्तत मोडल अदिती बुढाथोकीलाई अनमोलको जोडि बनाउने निर्णयमा फिल्म टोली पुगेको हो ।
सुवास गिरि र भुवन केसी निर्माता रहने फिल्मको अडिसनका लागि ३० युवतीको आवेदन आएको थियो, त्यसमध्य छानेर १० युवतिलाई अडिसन लिइएको थियो । त्यसमा पनि उत्कृष्ठ अदितिलाई अनमोलको अपोजिटमा देख्न पाइने भएको छ ।
सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने ‘कृ’ लाई द् सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ । फिल्मलाई सम्पादक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् । कमल गिरी कार्यकारी निर्माता रहेको फिल्मका श्री पराजुली सह–निर्माता हुन् । ‘कृ’ को छायांकन माघबाट सुरु हुनेछ । फिल्मकै लागि अहिले नायक अनमोल केसी नृत्य र द्धन्द्धको तालिम लिइरहेका छन् ।

Namaste Filmy

Read Previous

लघु फिल्म 'आमा' सार्वजनिक । भिडियो

Read Next

‘द विनर’को ट्रेलर सार्वजनिक , हलिउड र बलिउडको झल्को देखिने ट्रेलर । भिडियो