संचारकर्मी कुमार आचार्यले जन्मदिनको अबसरमा ‘बर्दी’को फष्टलुक र गीत सार्वजनिक । भिडियो

संचारकर्मी कुमार आचार्यले आफ्नो जन्मदिनको अबसर पारेर चलचित्रको फष्ट लुक पोस्टर,अडियो तथा गीतसार्वजनिक गरेका छन् ।
बनेपाको एक रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा निर्माता छविराज ओझा, वितरक गोपाल कायस्थ, नेपाल चलचित्र प्राविधिक संघका पूर्व अध्यक्ष मनोज केसी लगायतले अडियो विमोचन गरेका थिए ।
bardi-audio-bimochan
कार्यक्रममा प्रस्तुतकर्ता आचार्यले चलचित्रले सामाजिक सन्देश दिने बताए । प्रमुख अतिथि निर्माता ओझाले लामो समयदेखि सञ्चारकर्ममा सक्रिय कुमारको चलचित्रलाई दर्शकले पनि रुचाउनेमा विश्वास व्यक्त गरे ।प्रहरी प्रशासनको मुद्धालाई लिएर निर्माण गरिएको फिल्म ‘बर्दी’ लाई विजयविक्रम बस्नेतले निर्देशन गरेका हुन् भने अनु शाह, कुशल थापा, रुपा खनाल,वीरेन डिसी, भानु प्रताप र म्यान्दी बाबुले फिल्ममा अभिनय गरेका छन् ।
विकास चौधरीको संगीत रहेको फिल्ममा प्रदिप श्रेष्ठको नृत्य निर्देशन रहेको छ । प्रवेश फिल्मको ब्यानरम निर्माण भएको ‘बर्दी’ को प्रदर्शन मिति भने तय गरिएको छैन ।यस्तै कार्यक्रममा उपस्थित निर्माता छविराज ओझाले आचार्यलाई जन्मदीनको उपहार स्वरूप एभ्रेष्ट फिल्म एकेडेमीमा उनका छोराले जुन विषय पढ्न चाहेपनि नि:शुल्क पढाउने वचन दिएका थिए।

Namaste Filmy

Read Previous

‘द विनर’को ट्रेलर सार्वजनिक , हलिउड र बलिउडको झल्को देखिने ट्रेलर । भिडियो

Read Next

रोमान्टिक कमेडी कथामा ‘हिटलर’निर्माण हुने