'शुभेच्छा थापा' बंगाली फिल्मका लागी नागपुर लागिन ।

[dropcap][/dropcap]छिल्लो समय नेपाली कलाकारहरु बिदेशी फिल्ममा अनुबन्ध हुने क्रम बढन थालेका छन । यसअघि केहि नेपाली कलाकार विभिन्न बिदेशी भाषी फिल्मको लागी फाइनल भइरहेका बेला पछिल्लो समयका चर्चित हिरोइन शुभेच्छा थापा पनि एक बंगाली फिल्ममा अनुबन्ध भएकी छिन । उनी फिल्ममा अभिनय गर्नको लागी सोमबार नै नागपुर तर्फ लागेकी छिन ।subhechhaनेपालकै भक्तपुरको वरिपरिको कथा समेटिएको चलचित्र ‘स्वर्णमुद्रा’ मा अभिनय गर्नको लागी शुभेच्छा नागपुर गएकी हुन । फिल्मलाई निर्देशक श्रीजत चक्रवर्तीले निर्देशन गदैछ । प्रिडेसन हनुमानजी ब्लु हेभन को प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा शुभेच्छाको अतिरिक्त सोहिनी सिन्हा, जतिन्द्र मोहन लगायतको पनि अभिनय रहनेछ ।
हाल आफैले निर्माण गरेको फिल्म मिस नेपालको प्रचारको रहेकी यी हिरोइन केहि दिनको बंगाली फिल्मको छयांकन सकाएर स्वदेश फर्कनेछ । उनको फिल्म मिस नेपाल अगामी बैशाख ५ मा रिलिजको तयारीमा छ ।
स्मरण रहोस यसअघि पनि दुई नायिका हरु अर्चना देलाल र निशा अधिकारी बंगाली फिल्महरुमा अनुबन्ध भइसकेकी छिन । त्यस्तै नेपाली कलाकार सुनिल थापा, झरना बज्रचार्य, रेश मरहठा लगायतले पनि विभिन्न भाषाका बिदेशी फिल्महरुमा अभिनय गरीसकेका छन ।

Namaste Filmy

Read Previous

बलिउडलाई पनि रंगायो होलीले । फोटो फिचर ।

Read Next

'नवनारी म्यूजिक इभेन्ट्स–२०१४' सम्पन्न ।