‘ड्राइभर दाई’मा किशोर एक्शन अबतार ,फिल्मको अफिसियल ट्रेलर सार्वजनिक ।भिडियो

चलचित्र ‘ड्राइभर दाई’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । भाद्र ३१ गतेबाट प्रदर्शनमा आउने आउने ‘ड्राइभर दाई’को ट्रेलरमा नायक किशोर खतिवडाको दमदार एक्शन अबतारमा देख्न सकिन्छ ।
driver daiड्राइभरको संघर्षसँगै उसको प्रेम र एक्सनलाई प्रस्तुत गरिएको चलचित्र ‘ड्राइभर दाई’लाई बिजी फिल्मस् प्रालिको ब्यानरमा बीएस बलामी निर्माण तथा निर्देशक गरेका हुन् ।
चलचित्रमा किशोर खतिवडा सगै सिमा केसी, प्रज्जवल गिरी, दिनेश शर्मा, ध्रुव कोइराला, घनश्याम गिरी, राजेन्द्र गौतम लगायतका कलाकारको अभिनय रहेको छ ।राजेन्द्र गौतम र ज्ञानु महर्जन निर्माता रहेको फिल्ममा गेहेन्द्र बज्राचार्य कार्यकारी निर्माता र दीपेश पाठक सह–निर्माता हुन् ।
चलचित्रमा निर्देशक बलामीकै कथा, टंक बुढाथोकी र राज सागरको संगीत, बब्बु थापा र निशा शर्माको नृत्य, श्री श्रेष्ठको द्वन्द्व, सौखिन तिमिल्सिना र मधुकर बलामीको सम्पादन र सुमन तण्डुकारको छायांकन छ ।

Namaste Filmy

Read Previous

ज्योति मगरको तीज गीत: दरको साटो रक्सी । अश्लिल कमेन्टको ओइरो

Read Next

चलचित्र नीति अनुगमन तथा मुल्याकन समिति गठन