'जोनी जेन्टलम्यान' बन्दै पल, फिल्मको औपचारिक घोषणा

johny-gentalman-1फिल्म ‘जोनी जेन्टलम्यान’को औपचारिक घोषणा गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गरि फिल्मको औपचारिक घोषणा गरिएको हो । फिल्मलाई नितिन चन्दले निर्देशन गदैछन ।
योर स्टाइलको प्रस्तुतीमा बन्ने चलचित्रमा पल शाह र आँचल शर्माको मुख्य भूमिकामा छन् । उनीहरु दुवै म्युजिक भिडियोमा जमेको र नाइ नभन्नु ल ४ बाट डेब्यु कलाकार हुन ।
नितान्त फरक र नौलो बिषयमा फिल्म बन्न लागकेो बताउदै फिल्मका निर्देशक चन्दले जोली कसरी जेन्टलम्यान बन्छ भन्ने नै फिल्मको मुख्य कथा भएको बताए । फिल्ममा पल चकलेटी अवतारबाट एक्सन अवतारमा बदलिनेछन् । जसका लागि पलले एक्सन, जिम्न्यास्टिकको तालिम लिइरहेका छन् । उनलाई द्धन्द्ध निर्देशक प्रकाश विक्रम शाहले तालिम दिइरहेका छन् । पलले दैनिक ४ घन्टा आफूले तालिम लिइरहेको बताए ।
हर्कुलेस बस्नेत, व्रिजेश श्रेष्ठ र स्वचित शाक्यको संगीत रहेको चलचित्रमा प्रशान्त तामाङको नृत्य निर्देशन रहनेछ । चलचित्रका निर्माता एन्ड्रिउ पौडेल हुन् भने अजय मल्ल यसका कार्यकारी निर्माता हुन् ।

फोटो: अनलाइनखबर

Namaste Filmy

Read Previous

चलचित्र नीति अनुगमन तथा मुल्याकन समिति गठन

Read Next

अब सलोन बस्नेत ‘ए मेरो हजुर २’मा