'नवनारी म्यूजिक इभेन्ट्स–२०१४' सम्पन्न ।

राजेन्द्र कार्की,हेटौडा ।
navanari  [dropcap]न[/dropcap] वनारी म्यागाजिनले मीत्रता र रंगिन पर्व होलीको अघिल्लो दिन अर्थात फागुण ३० गते नवनारी म्युजिक इभेन्ट्स–२०१४ सम्पन्न गरेको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा भएको कार्यक्रमबाट संकलित रकम गुल्मी जिल्लाका बिपन्न बालबालिका र सुत्केरी तथा नवजात शिशुको स्वास्थ्य सेवामा सहयोग पु¥याउने उद्देश्य रहेको कार्यक्रमका मुख्य आयोजक नवनारी म्यागाजिनकी अध्यक्ष जानुका ढकालले बताउनु भएको छ । यस म्याजिनले बिगतमा पनि आफुले आयोजना गरेका विभिन्न कार्यक्रमहरुबाट संकलित रकम गुल्मी जिल्लाका दुर्गम तथा बिगट क्षेत्रका बालबालिकाहरुको शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग उपलब्ध गराउँदै आइरहेको छ ।navanari1मुख्य सचिव लिलामणी पौडेंलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गीतकार सिन्धुँ राणा, एमाले नेता शंकर पोख्रेल लगायतकाको उपस्थिती रहेको थियो । नृत्य, गायन, फेशन सो समेत प्रस्तुत गरिएको कार्यक्रममा कुन्ति मोक्तान, संगिता प्रधान, नलिना चित्रकार, सृष्टि प्रधान, नव गायिका रेणु थापा लगायतले सुमधुर स्वर प्रस्तुत गरेका थिए । भने, नायिका नन्दिता केसी, निरु खड्का, सुष्मा कार्की लगायतले नृत्य प्रस्तुत गरेका थिए ।navanari 2कार्यक्रममा बाल नृत्यका साथै राष्ट्रिय भावनाले ओत्तप्रोत गीतमा समेत बालबालिकाहरुद्धारा नृत्य प्रस्तुत गरिएको थियो । नाचघरको हल दर्शकहरुले खच्चाखच भरिएको कार्यक्रममा नवनारीका बिनोद पछाइ, काजोल लगायतका पदाधिकारीहरुको उपस्थित रहेको थियो भने कार्यक्रमको संचालन मञ्जु पौडेलले गर्नु भएको थियो ।navanari 3

Namaste Filmy

Read Previous

'शुभेच्छा थापा' बंगाली फिल्मका लागी नागपुर लागिन ।

Read Next

सोमबारबाट खिचियो 'अधकट्टी' ।