सोमबारबाट खिचियो 'अधकट्टी' ।

1620766_10152067183629531_1699534619_n[dropcap]बि[/dropcap]गत लामो समयदेखि वर्कशपमा रहेको फिल्म अधकट्टीको छयांकन सोमबारबाट सुरु गरिएको छ । कलाकारद्धय अशिष्मा नकर्मी र विल्सनबिक्रम राई ले फिल्मको पहिलो सट दिदै फिल्मको औपचारिक छयांकन सुरु गरिएको हो । फिल्मलाई अनुभवी निर्माता प्रदिप कुमार उदय ले निर्माण गर्न लागेका हुन । सञ्चार उद्यमी, हल सञ्चालक एवं फिल्म बितरक समेत रहेका उनी अर्धकट्टी हास्यपरक फिल्म रहेको बताउछन । फिल्मलाई सञ्चारकर्मी सुब्रत आचार्यले निर्देशन गर्दैछन । बेरोजगार युवाहरुको कथालाई कमेडि शैली मा देखाइने फिल्मको छयांकन काठमाण्डु तथा सौराह लगायतको स्थानमा गरिनेछ । निर्माण युनिटले लामो समयको अवलोकनपछि फिल्मको लागी लोकेशन फिक्स गरेको थियो ।adhakatti
सञ्चारकर्मी सुवास ढकालको कथा, निर्देशक आचार्य र सञ्चारकर्मी विजय अधिकारी र जया शर्माको पटकथा तथा संवाद रहेको छ। विल्सन विक्रम राई, गौरव पहारी, अशिष्मा नकर्मी, रिस्ता बस्नेत, गम्भिर बिष्ट र नव प्रस्तुतीको रुपमा प्रदीप बाँस्तोलाको मुख्य भूमिका रहने बताईएको छ। नायिका नम्रता श्रेष्ठ र नायक गजित बिष्टको पनि ‘केमियो रोल’ रहनेछ।
रोशन श्रेष्ठको द्वन्द्व, राजन इशान र बसन्त सापकोटाको संगीत, कविराज गहतराज र गम्भिर बिष्टको नृत्य निर्देशन रहने छ ।

Namaste Filmy

Read Previous

'नवनारी म्यूजिक इभेन्ट्स–२०१४' सम्पन्न ।

Read Next

बैशाखमा विवाहको तयारीमा रहेको आर्यनलाई निको नहुने रोगले सतायो । भिडियो ।