नायिका रेखा थापाको स्वरमा 'लालजोडी'को गीत रिलिज ।भिडियो

चलचित्र ‘लालजोडी’को ‘माँ कसम..’ बोलको गीत रिलिज गरिएको छ ।सञ्चारकर्मी लक्ष्मण सुवेदीको निर्माण निर्देशन रहेको चलचित्र ‘लालजोडी’को यस गीतमा नायिका रेखा थापाले स्वर दिएकी छिन् ।
lal jodi namaste filmyनिर्देशक सुवेदीको नै शब्द समावेश गीतमा संगीत थानेश्वर गौतमको र रेखा सगै प्र्हाद तिमिल्सिनाको स्वर रहेको छ ।ज्योति काफ्ले र रजनी केसीलाई फिचरिङमागरिएको गीतमा नृत्य निर्देशन रामजी लामिछानेको रहेको छ ।
भदौ१७ बाट प्रदर्शनमा आउदै यस चलचित्र “लालजोडी”मा नक्कली बाबुराम उर्फ ज्योति काफ्ले,रजनी केसी, आयुष्मा कार्की, बुद्धी तामाङ ‘हैट’ पुरन थापा, किसोर भण्डारी ,गोविन्द कोइराला लगायतको अभिनय रहॆको छ ।
फुल कमेडी चलचित्र ‘लालजोडी’को ट्रेलर र गीत संगीतले गर्दा अहिले चर्चामा रहेको छ ।

Namaste Filmy

Read Previous

बलामीले बनाउने भए ‘नेपालीको शान’,चलचित्रको थाइल्याण्डमा छायांकन हुने

Read Next

‘झुम्की’को अफिसियल ट्रेलर सार्वजनिक,असोज ७ बाट प्रदर्शनमा आउने ।भिडियो