जय पर्शुरामका निर्माता तथा निर्देशक रोज राणामाथि खुकुरी प्रहार

फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौंमा खुकुरी प्रहार भएको छ । रोज राणा हालै मात्र रिलिज भएको चलचित्र जय पर्शुराम फिल्मका निर्माता तथा निर्देशक हुन् ।चलचित्र जय पर्शुराम अहिले देशका ६० भन्दा बढी सिनेमा हलमा प्रदर्शन भै रहेको छ ।
rose rana
मध्यबानेश्वरस्थित रत्न राज्य स्कुल अगाडि अपरिचित समूहले खुकुरी हानेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी विक्रमसिंह थापाले जानकारी दिए । उनका अनुसार दुई जना दुई जनाले राणामाथि हात ताकेर हानेका थिए । घटनामा संलग्न रहेको आरोपमा एकजना पक्राउ परेका छन् ।
खुकुरी प्रहारबाट दाहिने हातमा चोट लागेका राणाको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको छ ।
आपराधिक पृष्ठभूमिका राणा कांग्रेस प्युठानका क्षेत्रीय सभापति हुन् ।
स्रोत :ईकान्तिपुर डटकम

Namaste Filmy

Read Previous

‘झुम्की’को अफिसियल ट्रेलर सार्वजनिक,असोज ७ बाट प्रदर्शनमा आउने ।भिडियो

Read Next

‘सायद २’को अफिसियल फष्टलुक सार्वजनिक