किशोर र पृथ्वीराजले शिल्पालाई 'आकाशबाट झरेकी अप्सरा’भनेर यसरि तारिफ गरे पछि ..।भिडियो

चलचित्र ‘किस्मत २’ को नया गीत रिलिज गरिएको छ । उदितनारायण झाको स्वरमा सजिएको ‘उनी आकाशबाट झरेकी अप्सरा’ बोलको गीतलाई अहिलेका चर्चित तथा लोकप्रिय अर्जुन पोखरेलले संगीत दिएका हुन् ।
kisamt 2 namaste filmyछोटो समयमा सबैको मुखमा झुन्डिने खालको यस गीतलाई अमृत रेग्मीले लेखेका हुन् भने गीतको कोरियोग्राफी रामजी लामिछानेले गरेका हुन् ।सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार शिल्पा पोखरेल, किशोर खतिवडा र पृथ्वीराज प्रसारई फिचरिङ गरिएको छ ।
नेपाली चलचित्र क्षेत्रका पुराना तथा सफल बाघ निर्माताको रुपमा चिनिने निर्माता छविराज ओझाले ‘किस्मत २’निर्माण गरेका हुन् । चलचित्र ‘किस्मत २’ लाई ऋषि लामिछानेले निर्देशन गरेका हुन् ।छबिराज प्रोडक्सन ब्यानरमा निर्मित ‘किस्मत २’मा दिजेन्द्र शाक्यको पनि लगानी रहेको छ ।
चलचित्रमा सन्तोष पन्त, सपना श्रेष्ठ, रश्मि भट्ट ,सुशान्त श्रेष्ठ लगायतको पनि अभिनय रहेको छ । चलचित्र बिजया दशमीको अबसर परेर असोज २१ बाट प्रदर्शनमा आउदैछ ।

Namaste Filmy

Read Previous

‘सायद २’को अफिसियल फष्टलुक सार्वजनिक

Read Next

धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको तलव दिने