धुर्मुस–सुन्तली फाउण्डेसनलाई प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको तलव दिने

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा धुर्मुस–सुन्तलीसँगको भेटमाप्रधानमन्त्री प्रचण्डले आफ्नो पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गरेका छन् ।
बुधबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगेका धुर्मुस सुन्तलीसहितको टोलीलाई उनले आफ्नो एक महिनाको पारिश्रमिक उपलव्ध गराउने बताएका हुन् ।
dhrumus-suntali-vs-prachnada
भेटमा प्रधानमन्त्रीले भने, ‘भूकम्पपछि आएको मानवीय विपत्तिलाई राहत दिन तपाईहरुले चलाएको अभियान प्रशंसनीय छ । यसले देशैभरि सकारात्मक सन्देश गएको छ, यसले एउटा संस्कारकै रुपमा विकास गर्दैछ । म तपाईहरुको अभियानमा सँगै छु । अहिले तत्कालका लागि मेरो पहिलो महिनाको व्यक्तिगत तलव तपाईहरुको फाउण्डेसनलाई सहयोग गर्नेछु ।’
भेटमा धुर्मुस–सुन्तलीले निर्माण गरेको एकीकृत नमुना बस्तीलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि व्यक्त गरेका छन् ।
प्रधानमन्त्रीले थपे, ‘तपाईहरुको नेतृत्वमा निर्माण भएको नमुना बस्तीको सडक निर्माणलगायतका क्षेत्रमा सरकारले सहयोग गर्नेछ । कुनै समस्या र सहयोग चाहिए भन्नुहोला, सरकार सधैं खुल्ला हृदयले सहयोग गर्न तयार छ ।’
प्रधानमन्त्रीले आफू अहिले केही गरेर देखाउने सोंचमा रहेको भन्दै सरकार र नागरिक मिलेर पूनर्निर्माणलाई उत्साहवद्र्धक बनाउने बताए ।
भेटमा धुर्मुस–सुन्तलीले आफूहरुलाई सरकारले सरसफाई दुत नियुक्त गरे पनि सामाजिक अभियानमा गर्नसक्ने सहयोगका लागि पर्याप्त अधिकार नभएको, पूनर्निर्माणले तिब्रता नपाएको भन्दै नयाँ सरकारले यसमा संवेदनशील भएर काम गर्ने आशा लिएको बताएका थिए ।

Namaste Filmy

Read Previous

किशोर र पृथ्वीराजले शिल्पालाई 'आकाशबाट झरेकी अप्सरा’भनेर यसरि तारिफ गरे पछि ..।भिडियो

Read Next

रोज राणामाथि खुकुरी हान्ने पक्राउ