बैशाखमा विवाहको तयारीमा रहेको आर्यनलाई निको नहुने रोगले सतायो । भिडियो ।

november[dropcap][/dropcap]गामी बैशाख १२ मा रिलिजको तयारीमा रहेको फिल्म नोभेम्बर रेनको अफिसियल ट्रेलर रिलिज गरिएको छ । ट्रेलर अनुसार फिल्ममा तीन पात्रको प्रेमलाई आकर्षक ढङगले प्रस्तुत गरिएको बुझ्न सकिन्छ । फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ रहेको निर्माण युनिटको भनाई छ । आर्यन सिग्देल, नम्रता श्रेष्ठ र छुल्ठिम गुरुङको अभिनय रहेको फिल्मलाई दिनेश राउत ले निर्देशन गरेका हुन । फिल्मलाई सुवास इन्टरटेन्टमेन्टको ब्यानरमा सुवास गिरी र आर्यन सिग्देलले निर्माण गरेका हुन । फिल्ममा तारा प्रकाश लिम्बुको संगीत, छेतन गुरुङको लेखन, सुरेन्द्र पौडेलको सम्पादन तथा राजेश श्रेष्ठको छयांकन रहेको छ ।  यसअघि फिल्मको प्रदर्शन चैत्र १४ मा गरिने भनिए तापनि फिल्म युनिटले पोष्ट प्रोडक्सनको काम बांकि रहेको भन्दै प्रदर्शन मिति पोस्टपोण्ड गरेका थिए । आर्यन यस फिल्मबाट निर्माता बनेका छन भने छुल्ठिम गुरुङ नायिका को रुपमा डेब्यु गरेका हुन ।
स्मरण रहोस नायिका छुल्ठिमले यो फिल्म नै आफ्नो करियरको फस्ट एण्ड लास्ट फिल्म रहेको केहि दिनअघि एक सार्वजनिक कार्यक्रमबाटै घोषणा गरेकी थिइन ।
ट्रेलर हेर्नुहोस :

Namaste Filmy

Read Previous

सोमबारबाट खिचियो 'अधकट्टी' ।

Read Next

सरकारको न्यूनतम कार्यक्रममा चलचित्र क्षेत्र उदाशिन ।