सविनको ‘हिरो रिटन्र्स’को छायांकन सुरु

नायक सविन श्रेष्ठले निर्माण गर्न लागेको चलचित्र ‘हिरो रिटन्र्स’को को आज बाट छायांकन सुरु गरिएको छ । जनै पूर्णीमा एवं रक्षा बन्धनको अवसर परेर चलचित्रको छायांकन सुरु गरिएको छ ।
rekha
चलचित्रको पहिलो दिनको छायांकनमा नायिका रेखा थापा ,सरोज खनाल ,सुसान्त श्रेष्ठ ,दिल श्रेष्ठ, किरण थापा लगायतको शट लिएको थियो ।नायक सविन श्रेष्ठले पहिलो पटक निर्माण गरेका चलचित्र ‘हिरो रिटन्र्स’को लागि उनले आफ्नो शारीरलाई निकै मेहनेतको साथ तयार परेका छन् ।
saroj
चलचित्रलाई आशिष भेटवालले निर्देशन गरेका छन् ।कमेडी एक्सन जनरामा बन्ने चलचित्रमा शिवम अधिकारीको कथा, मदनकाश्यप घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, चन्द्र पन्तको एक्सन, मित्र गुरुङको सम्पादन रहनेछ ।
hero
नवराज शर्मा चलचित्रका सह–निर्देशक हुन् ।चलचित्रको छायांकन काठमाण्डौ, विरगञ्ज र हेटौडामा हुनेछ । चलचित्रमा सविनसगै चन्द्र गौतम,सहदेव गौतम र भिम न्यौपानेको पनि लगानी रहनेछ ।

Namaste Filmy

Read Previous

रोज राणामाथि खुकुरी हान्ने पक्राउ

Read Next

‘सकुन्तला’अब एक दिन अघि भदौ ९मा रिलिज हुने