'गाँठो'को ट्रेलर रिलिज , नाजिर हुसेन किन बोल्दैनन हेर्नुहोस । भिडियो

भाद्र ३१ गते बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘गाँठो’को ट्रेलर रिलिज गरिएको छ ।यस अधि सार्वजनिक गीत तथा टिचरबाट चर्चा कमाईरहेको चलचित्रको ट्रेलर युट्युव मार्फत सार्वजनिक गरेको हो ।
najir husen
पछिल्लो समय युवा पुस्तामा आफ्नो अभिनयले सबैको मन जित्न सफल चलचित्र होस्टेल रिर्टन्स स्टार नाजिर हुसेनले गर्दा पनि चलचित्र ‘गाँठो’को चर्चा निकै हुने गरेको छ ।
चलचित्रमा नाजिरको अलावा अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहको छ । चलचित्रलाई मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषालले निर्देशन गरेका हुन् ।
बटवाल इन्टरटन्मेन्ट प्रालिको ब्यानरमा बनेको चलचित्रमा तिलक क्षेत्रि नृपेन्द्र राज जोशी र स्यंम सुरज भुषालको लगानी रहेको छ । चलचित्रमा अनुपम शर्माको संगीत रहेको छ । पोखरा पाल्पा र गुल्मी आसापासमा खिचिएको चलचित्रलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

Namaste Filmy

Read Previous

उमा वेवीले छोरी सिवानी गिरीलाई नायिका बनाउदै

Read Next

कसम नेपालको निर्देशनमा ‘नसोध’को भिडियो सार्वजनिक