कलाकर्मीमाथि संघातिक आक्रमण बढ्दो

KUmar Acharya
घाइते कुमार आचार्य, स्रोत : आचार्यको फेसबुक

केहि दिनअघि निर्माता, निर्देशक, अभिनेता रोज राणामाथि राजधानीको मुटुमै रहेको बानेश्वरमा संघातिक आक्रमण भयो । अपरिचित केहि ब्यक्तिहरुले उनको हात नै छिनाल्ने उद्देश्यले खुकुरी प्रहार गरे । संयोगले रोजले छल्न भ्याए र गम्भीर घट्नाबाट जोगिन सफल भए । उनलाई आक्रमण गर्ने दुई जनालाई प्रहरीले पक्राऊ गरिसकेका छन । प्रदर्शनरत फिल्म जय परशुराम निर्देशक राणा अहिले उपचारको क्रममा छ ।
रोजलाई आक्रमण गरेको यो घटना सेलाउन नपाउदै निर्माता एवं सञ्चारकर्मी कुमार आचार्यमाथि पनि आक्रमण भएको छ । शनिबार राति केहि मानिसको समुहले उनी चढेको ट्याक्सीमाथि आक्रमण गरेको आचार्यले फेसबुकमा स्टाटस लेख्दै उल्लेख गरेका छन । अनुहारमा चोट लागेका उनले आइतबार आक्रमणकारीको बारेमा सार्वजनिक गर्ने बताए ।
यस्तै शनिबार नै बुट्वलमा मोडल सागर खनाल माथि पनि आक्रमण भयो । केहि म्युजिक भिडियोमा अभिनय गरेका उनलाई साँझ ७ बजेतिर मोटरसाइकलमा आएका अज्ञात दुइजनाले बुट्वलको लक्ष्मीनगर गेट निर आक्रमण गरेको हो । उनको टाउकोमा गम्भीर चोट लागेको र उपचारको क्रममा छ ।

Namaste Filmy

Read Previous

‘सकुन्तला’को आईटम गीत सार्वजनिक,नम्रताको हट एन सेक्सी अबतार ।भिडियो

Read Next

‘वीर विक्रम’को व्यापार सन्तोषजनक, ‘चपलि हाईट २’ले कुनै चमत्कार गर्न सकेन