
कबड्डी, र कबड्डी कबड्डी जस्तो सफल चलचित्र निर्देशन गरेर नेपाली चलचित्र क्षेत्रमा आफ्नो भिन्दै पहिचान बनाउन सफल निर्देशक हुन् रामबाबु गुरुङ ।यी दुई चलचित्रको सफलता पछि अहिले नेपाली सिने नगरीमा राम्रो चलचित्र निर्देशन गर्ने सक्ने क्षेमता भएको निर्देशकको रुपमा उनले हेर्न थालिएको छ।
यीनै निर्देशक रामबाबु गुरुङले निर्देशन गरेको नया चलचित्र ‘पुरानो डुंगा’को चर्चा यति धेरै छ कि चलचित्रलाई अहिले बाट नै बहुप्रतिक्षित चाचित्रको रुपमा हेर्न थालिएको छ ।
बिशेष गरेर चलचित्र ‘पुरानो डुंगा’को ‘निर’बोलको गीतको बजारमा यति चर्चा छ कि गीत न सुन्ने र मन न पराउने कमै होलान । ‘निर’बोलको अडियो गीत युटुबमा सार्वजनिक भएको एक महिनामा करिब बिस लाखको हाराहारीमा हेरी सकेका छन् ।
कलि प्रसाद बास्कोटाको शब्द संगीत र स्वर रहेको यस गीतले गर्दा नै अहिले दर्शकको नजरमा चलचित्र ‘पुरानो डुंगा’ प्रतिक्षित चलचित्रको रुपमा रहेको छ ।अहिले यो गीत हरेकको मोबाइल तथा रेडियोमा निकै बज्ने गरेको छ ।अहिले यो गीत सामाजिक संजालहरुमा भाइरल नै भएको छ ।
यहि मंसिरको १० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘पुरानो डुंगा’मा दयाहाङ राई, प्रियंका कार्की, मेनुका प्रधान, माओत्से,,बुद्धी तामाङ, पुष्कर गुरुङ, पुर्णिमा गुरुङ लगायतको अभिनय रहेको छ ।
डुंगा चलाएर जीवीको पार्जन गरीरहेको मानिसको कथा प्रस्तुत गरिएको यस चलचित्रलाई धन बहादुर गुरुङ, रौनक बिक्रम कंडेल र ओम चन्द्र रौनियारले मिलेर निर्माण गरेका हुन् ।

