गौरव पहारी अब ‘कुम्भकरण’ बन्ने !

अब चलचित्रको नाम ‘कुम्भकरण’ राखेर निर्माण गरिने भएको छ ।आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको चलचित्र ‘कुम्भकरणलाई दिपक वलीले निर्देशन गर्ने भएका छन् । रोमान्टिक, सस्पेन्स र कमेडी बिषयमा निर्माण गर्न लागिएको ‘कुम्भकरण’ नाम राखेर प्राथमिक विद्यालयमा अध्यापन गराउने केही शिक्षकहरुको बिषयमा चलचित्र बन्ने भएको छ ।
Gaurav-
आकाश पलको प्रस्तुतीमा तयार हुने चलचित्रमा रोम वली कार्यकारी निर्माता, क्षितिज बस्नेत र खड्क वुढाथोकी निर्माता हुन् ।चलचित्रमा भोलाराज सापकोटा, गौरव पहारी, निशा अधिकारी, अभय बराल, आकाश पल, कुलदिप अधिकारी, सद्भाव थापा मुख्य भूमिकामा रहनेछन् ।
चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद, हरी लामाको छायांकन, विनोद ढकाल, गोविन्द मधुर आचार्य र जयन जेको संगीत, सुरेन बसेलको नृत्य निर्देशन रहनेछ । प्युठान र दाङमा यो चलचित्रको छायांकन गरिने निर्माणपक्षले जानकारी दिएको छ ।

Namaste Filmy

Read Previous

चर्चामा ‘वृन्दावन’मा शिल्पा पोखरेलको एक्सन । भिडियो

Read Next

‘सकुन्तला’लाई पिजी सर्टिफिकेट