निखिल अभिनित 'किङ'को पहिलो गीत सार्वजनिक ,असोज २१मा चलचित्र रिलिज

निखिल उप्रेतीको अभिनय रहेको नया चलचित्र ‘किङ’ को पहिलो गीत रिलिज भएको छ । निर्माण कम्पनि जेएस ईन्टरन्मेन्टको तर्फबाट युट्युवमा सार्वजनिक लिरिकल भिडियो गीत आकर्षक ढंगले तयार गरिएको छ ।
Vroom (2)
नेपाली फिल्ममा हालसम्म प्रयोग गरिएका विभिन्न प्रचार स्टाईल भन्दा विल्कुलै फरक तरिकाले तयार गरिएको लिरिकल भिडियो हेर्दा दर्शकलाई आकर्षक लाग्न सक्छ भने सुन्दा पनि सुमधुर लाग्छ । केहि अङ्ग्रेजी तथा केहि नेपाली शब्द समावेश गीतको शब्द, संगीत युवापुस्ता लक्षित छ ।
‘भ्रुम भ्रुम’ बोलको गीतको शब्द सुजेन्द्र डि कार्की र विनोद ढकालको हो भने गीतमा संगीत पनि सुजेन्द्र तथा स्वर विनोद ढकालको रहेको छ । ‘किङ’लाई सबिर श्रेष्ठले निर्देशन गरेका हुन् । जगन श्रेष्ठको प्रस्तुतीमा तयार भएको ‘किङ’असोज २१गते बाट रिलिजको तयारीमा रहेको छ ।
चलचित्रमा निखिलसँगै अनुपबिक्रम शाही, वेनिशा हमाल, प्रज्वलसुजल गिरी, रुपा राना र प्रस्तुतकर्ता जगन श्रेष्ठ लगायतको मुख्य अभिनय रहेको छ ।
फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व सञ्जय लामाको छायांकन , रामजी लामिछानेको नृत्य समावेश फिल्ममा वसन्त सापकोटा, सुजेन्द्र डि कार्की सँगै र दिनेश शोनामको संगीत रहेको छ ।करोड बढि बजेटको रहेको यस फिल्मलाई जयन श्रेष्ठले निर्माण गरेका हुन् ।

Namaste Filmy

Read Previous

‘सकुन्तला’लाई पिजी सर्टिफिकेट

Read Next

‘सुर्के थैली खै'को यूट्युवमा कीर्तिमान,करोड भन्दा बढी पटक हेरियो