यस्ता छन 'हिम्मतवाली' हिरोहरु । रेखा-श्याम विवादमा 'कुरोको चुरो' अर्कै ।

[dropcap]ना[/dropcap]यिका रेखा थापाको प्रोडक्सन हाउस रेखा फिल्मसको निर्माण मा बनिरहेको फिल्म हिम्मतवालीको यतिबेला सुदुरपश्चिमका विभिन्न स्थानमा छयांकन भइरहेको छ । निर्मात्री नायिका रेखा थापा र सुरुमा फिल्मका निर्देशक भनिएका श्याम भट्टराईबीच आरोप प्रत्यारोप संगै चर्को विवाद चले पनि हिम्मलवालीको छयांकन भने बिनाअवरोध चलिरहेको हो । श्याम फिल्मबाट निकालिएपछि रेखा स्वयम ले निर्देशन गरिरहेको फिल्ममा रेखा बाहेकका कलाकारहरुमा भने खासै परिचित अनुहार छैनन ।heroes of himmatwaliफिल्मका दुई मुख्य नायक सुदर्शन गौतम र अभय चन्द सिने क्षेत्रमा यसअघि खासै नदेखिएका अनुहार हरु हुन । फिल्मको मुख्य हिरो सुदर्शन गौतमका लागी हिम्मतवाली डेब्यु फिल्म हुनेछ । १३ बर्षकै उमेर मा करेन्ट लागेर दुवै हात गुमाएका खोटाङका सुदर्शन गौतम पछिल्लो समय क्यानडा बस्दै आइरहेका थिए । अपाङग भएर पनि निकै हिम्मत भएको र क्षमतावान ब्यक्ति सुदर्शनले सन २००५ मा दोलखास्थित ५ हजार उचाई रहेको रामदुङ हिमाल सफलताका साथ चढेर आपाङग आरोहिको रुपमा चिनिएका थिएsudarsan-gautam-camp---maत्यस्तै उनले गए बर्ष बिश्वकै सर्बोच्च शिखर सगरमाथाको पनि सफल आरोहण गरेका थिए । हात नभए पनि आफै खुट्टाले लेख्ने, दाह्री काटने, कार चलाउन सक्ने यी ब्यक्तिलाई रेखाले आफ्नो फिल्मबाट रजतपटमा डेब्यु गराएका हुन ।
त्यस्तै नेपालगञ्ज निवासी अभय चन्द पनि चलचित्रमा चलेको अनुहार होइनन । उनले यसअघि सपथ र रेखाकै हमेशा लगायतका फिल्ममा अभिनय गरेका छन । साथै मोडलिङको समेत अनुभव लिएका अभयको करियर हिम्मतवाली बाट भने चम्किन सक्ने सम्भावना देखिएको छ ।abhay chand
यसरी चलेका अनुहारहरुलाई नलिएर फरक शैलीमा फिल्म निर्माण गरिरहेकी रेखाको फिल्मको बिषयवस्तु पनि फरक रहेको बताइएको छ । फिल्मको गत शिवरात्रीको अवसर पारेर महेन्द्रनगरबाट सुटिङ थालिएको थियो । श्याम भट्टराईले एक्सन कट भन्न सुरु गरेको भए तापनि अहिले रेखा स्वयमले कलाकारहरुलाई एक्सन कट गरिरहेका छन ।avaya and rekha
अहिले आएर निर्देशक श्याम र रेखा बीच को सम्बन्ध निकै बिग्रिएको छ । केहि बर्षअघि दाजु बहिनी को साइनो गास्दै लंका, च्यालेञ्ज लगायतका फिल्ममा संगै काम गरेका यी दुई हाल आएर एक अर्काप्रति आरोप प्रत्यारोपमै ब्यस्त छन । हिम्मतवालीको छयांकन सुरु भएसंगै रेखा र श्याम बीच खटपट सुरु भएको थियो । सुटिङ सेटबाटै काम छाडेर राजधानी फर्किएपछि सञ्चारमाध्यममा आएको विभिन्न टिप्पणीलाई शान्त पार्दै श्यामले बिज्ञप्ती निकालेका थिए । उता रेखाले पनि श्यामलाई खुल्ला चुनौती भन्दै आफनो भनाई अघि सारेका थिए ।himmatwali
यसरी श्याम र रेखाले आआफनो भनाई सार्वजनिक गर्दै आक्रोश पोखेपनि अझै ‘कुरो को चुरो’ भने गोप्य नै रहेको बुझिएको छ । मिडियाको सामु मात्र एक अर्कासंग जुहारी खेलेका यी दुई बीचको  वास्तविकता अरु नै रहेको यीनीहरुको पछिल्लो ब्यबहारले बुझ्न सकिन्छ । स्मरण रहोस रेखा संगको निकट सम्बन्धको कारण निर्माता छवि ओझासंग श्यामको सम्बन्ध बिग्रिएको चर्चा पनि केहि समय पहिले चलेको थियो ।

Namaste Filmy

Read Previous

सरकारको न्यूनतम कार्यक्रममा चलचित्र क्षेत्र उदाशिन ।

Read Next

'तक्मे बुढा' बलिउड तिर । 'सुनिल थापा'को सहयोगमा सिरीयलमा अनुबन्ध ।