चितवनमा ‘ब्रासलेट’को पत्रकार भेटघाट

नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अबसर पारेर यहि शुक्रबार बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘ब्रासलेट’
आईतबार चितवनमा पत्रकार सम्मेलन गरेरक चलचित्रको बारेमा जानकारी दिएको छ । सो पत्रकार भेटघाटमा चलचित्रका निर्देशक निर्मल शर्मा,निर्माता केशव भट्टराई,नायिका रजनी केसी र नब नायक सुगम गुरागाईको उपस्थिति रहेको थियो ।
braslet kalakar
चितवनका पत्रकार माझ चलचित्रका निर्देशक निर्मल शर्माले आफ़्फ़ुले निकै राम्रो चलचित्र निर्माण गरेको भन्दै अब चलचित्र रिलिजको तयारीमा छ सबैले चलचित्र हेर्दिनु हुन अनुरोध समेत गर्नु भयो । दर्शकमाझ गैंडाका नामले चिनिएका चलचित्रका निर्देशक निर्मल शर्माले गलत होहल्ला गरेर प्रोपोगाण्डा नगरी भन्नु पर्दा चलचित्रमा मौलिकता दिन खोजिएको बताउनुभयो । फिल्ममा दर्शकले पूर्ण मनोरञ्जन लिने उहाँले बताउनुभयो ।
patrakar
त्यस्तै चलचित्रका निर्माता केशव भट्टराईले सामान्यतया भैरहेको घटनालाई जोडेर चलचित्र बनाएको बताउनुभयो । ‘भैरहेका घटनाहरु हुन् तर ईन्डिङमा गएपछि फरक पन छ,’ भट्टराईले भन्नुभयो ।चलचित्र ‘ब्रासलेट’ समाजमा भैरहेको घटना र मौलकितामा आधारित रहेको निर्माता भट्टराईलेबताएका छन् ।
चलचित्र ‘परदेशीमा गाउँले रोलमा देखिएकी नायिका रजनी केसीले महिलाहरु पुरुषका लागि कति महत्वपूर्ण छ भनेर आफ्नो भूमिकाले देखाउन खोजेको उल्लेख गर्दै महिलाको शक्ति देखाउने आफ्नो भूमिका रहेको बताउनुभयो ।पत्रकारहरु सग बोल्दै रजनीले आफुले यस चलचित्रमा निकै ससक्त रोलमा अभिनय गर्न पाएको भन्दै दर्शकले यस चलचित्र ‘ब्रासलेट’ गीतको उपहार समेत रहेको बताउनु भयो ।नब नायक सुगम गुरागाईले यसबाट डेव्यु गर्न पाउँदा खुसी लागेको बताउनुभयो ।लामो समय पछि यसै चलचित्र मार्फत नायक रमेश उप्रेतीको कमव्याक हुदैछ ।

Namaste Filmy

Read Previous

पिता बने शाहिद कपुर

Read Next

संचारकर्मी बलामीको ‘द फेमस’को गीत सार्वजनिक ।भिडियो