चितवनमा हिट 'छक्का पञ्जा'

Chhakka panjaज्ञानेन्द्र तामाङ ।
केहि दिन यता चितवनमा जताततै ‘छक्का पञ्जा’ छाएको छ । आउदो भाद्र २४ गतेबाट रिलिजको तयारीमा रहेको फिल्म ‘छक्का पञ्जा’ले जति चर्चा चितवनमा सायदै अरु फिल्मले पाएका थिए । फिल्मको प्रमोसनमा निकै ध्यान दिइएका कारण पनि चर्चा बढेको हो । सोमबार फिल्मका निर्देशक दिपाश्री निरौला र मुख्य कलाकार जितु नेपाल मुन्द्रे नारायगण्मा भेटिए । हर्षित मुद्रामा देखिएका उनीहरु फिल्मको प्रमोसनकै लागि दुई दिनयता चितवनमा थिए ।
खासमा पुर्वी चितवनको ग्रेट एफएमले आयोजना गरेको तीज बिशेष कार्यक्रममा प्रस्तुति दिदै फिल्मको पब्लिसिटीका लागि उनीहरु चितवन आएका थिए । त्यहि मेसोमा टाँडिको रिलेशन एफएममा आयोजित एक भव्य कार्यक्रममा पनि उनीहरुले प्रस्तुति दिन भ्याए । यसबाहेक पनि चितवनका विभिन्न कार्यक्रम र पत्रकार भेटघाटमा पनि उनीहरु ब्यस्त बने । जसबाट जिल्लामा फिल्मको माग ह्वात्तै बढेको छ । टेलिभिजनमा सधै देखिने कलाकारहरु प्रत्यक्ष आएर फिल्म हेर्न आग्रह गरेपछि दंग छन चितवनका दर्शक हरु ।
दिपा र जितु ले तीजका दिन पुर्वी चितवनको दुई ठुला कार्यक्रममा फिल्मबारे प्रस्तुति दिदै गज्जबको पब्लिसिटी गरेका दिए । हजारौ दर्शक उनीहरुको प्रस्तुतिमा मोहित बने । यसबाट फिल्मको पब्लिसिटि चितवनको कुनाकुनामा पुगेको छ । यसबाट निर्देशक दिपाश्री खुशी छिन । दर्शकलाई प्रत्यक्ष भेट्दा पाएको प्रतिक्रिया उनका लागि सुखद छ । हरेक दर्शकले छक्का पञ्जाको ट्रेलर हेरेको, गीत सुनेको प्रतिक्रिया पाउदा कलाकार जितु पनि मख्ख छन । Chakka panja‘फिल्म सफल हुन्छ भन्नेमा बिश्वस्त छु’- सोमबार नारायगढमा पत्रकारहरुसँग निर्देशक दिपाले भनिन् – ‘चितवनका हरेक दर्शकलाई फिल्मको बारेमा थाहा हुनु नै हाम्रो सफलता हो ।’ उनले आफ्नो पहिलो निर्देशन भए पनि दिन रात दुख गरेकाले फिल्म राम्रै बनेको बताइन् । कलाकार जितुले फिल्मले बैदेशिक रोजगारको प्रसंगलाई हास्यरस मिसाएर प्रस्तुत गरेको बताए । ६० जना हास्यकलाकारको अभिनय रहेको फिल्ममा हरेक कलाकारको प्रस्तुति सम्झनालायक रहेको बताए । फिल्मलाई चितवनका दर्शकले रुचाउनेमा ढुक्क रहेको फिल्मका अर्का कलाकार दिपक अधिकारीले बताए । उनले दुई दशकको फिल्म करियरमा महिला निर्देशकसँग पहिलोपटक अभिनय गरेको बताउदै दिपाश्रीको निर्देशकिय क्षेमता अदभुत रहेको बताए । फिल्ममा आफुले पनि केहि नौलो गर्न पाएकोमा उनले खुशी ब्यक्त गरे ।
प्राय अधिकांश हास्यकलाकारलाई निर्माताको रुपमा प्रस्तु गरेको फिल्मको लागत ९० लाख रहेको दिपाले बताइन् । उनले एक आर्गनिक फिल्म बनाएको बताउदै दर्शकले खोज्ने सबै रस फिल्ममा रहेको दाबी गरिन् ।

Namaste Filmy

Read Previous

मुर्हत सगै ‘कुम्भकरण’को छायांकन सुरु

Read Next

छुल्ठिम पनि निर्मात्री, घोषणा भयो 'डायरी'