'तक्मे बुढा' बलिउड तिर । 'सुनिल थापा'को सहयोगमा सिरीयलमा अनुबन्ध ।

[dropcap]ने[/dropcap]पालमा नाम र दाम दुवै कमाएका कलाकार तक्मे बुढा उर्फ विल्सन बिक्रम राई ले अब बलिउड यात्रा तय गर्ने भएका छन । लगान, स्वदेश, जोधा अकबर जस्ता चर्चित फिल्म बनाएका निर्देशक आशुतोष गावारीकेरको निर्देशनमा एक टेलि सिरीयलमा अभिनय गर्नको लागी विल्सन फाइनल भएका हुन । करिब ७ फिल्म तथा दर्जनौ टेलिफिल्म निर्देशन गरिसकेका निर्देशक आशुतोष चर्चित सिरियल सी आइ डि का निर्देशक हुन । उनको नयां सिरियल चर्चित च्यानल स्टार प्लस बाट प्रसारण हुनेछ ।takme budaसिरियलमा विल्सन एक हिमाञ्चल प्रदेशको शेर्पा युवकको भुमिकामा देखिने जानकारी प्राप्त भएको छ । हाल नेपाली फिल्म अधकट्टीको छयांकनमा ब्यस्त रहेका विल्सनलाई सिरियलको ३९ औ एपिसोड देखि १०० एपिसोडसम्म देख्न सकिनेछ बताइएको छ । सिरियल प्रोडक्सन कम्पनीले विल्सनलाई सिरियलमा अनुबन्ध भइसकेपछि अन्य कुनै सिरियलबाट अफर आएमा पनि काम गर्न नपाइने शर्त राखेको छ तर फिल्म भने काम गर्न पाइने बताइएको छ । उनी सिरियल छयांकनको लागी अगामी चैत्र १४ गते तिर भारत जाने भएका छन ।
विल्सनलाई हिन्दी सिरीयलमा अनुबन्ध गराउनको लागी अभिनेता सुनिल थापाले अहम भुमिका निभाएका छन । उनले आशुतोषको कास्टीङ डाइरेक्टरलाई विल्सनको अभिनय फुटेजहरु देखाएका थिए । सुनिलले विल्सनको लागी एक जना म्यानेजरको प्रबन्ध पनि मिलाइसकेको बुझिएको छ । बलिउड इन्ट्रीसंगै विल्सनको पर्सनालिटि स्ट्रङ देखाउनको लागी म्यानेजर नियुक्त गरिएको सुनिलले बताए । सुनिल पनि हाल बलिउडको एक फिल्ममा अभिनेत्री प्रियंका चोपडासंग काम गरिरहेका छन ।

Namaste Filmy

Read Previous

यस्ता छन 'हिम्मतवाली' हिरोहरु । रेखा-श्याम विवादमा 'कुरोको चुरो' अर्कै ।

Read Next

'मिस नेपाल-२०१४' का लागी २० युवती छनौट ।