शत्रुघन काठमण्डौमा । भन्छन : नेपालको सत्कारले लोभ्याउछ

satru-ghan-sinha-3बलिउड अभिनेता शत्रुघन सिन्हा काठमण्डौ आइपुगेका छन् । अपरान्ह साढे तीन बजे नेपाल ओर्लिएका उनी अहिले सोल्टी होटलमा बसेका छन । भोली हुने एलजी फिल्म अवार्डमा सहभागी हुन उनी नेपाल आएका हुन । दिनेश डिसीको आयोजनमा बाँडिने फिल्म अवार्डमा उनलाई बिशेष अतिथिको रुपमा बोलाइएको हो । उनले भोली नै आफ्नो बायोग्राफि समेटिएको पुस्टक लञ्च गर्नेछन ।
नेपाल ओर्लेपछि उनले नेपाल अति नै सुन्दर लाग्ने भएकाले पटकपटक आइरहन मन लाग्ने बताए । धेरै पटक नेपाल आइसकेको बताउदै यहाँको स्वागत र सत्कारले आफुलाई लोभ्याएको बताए । बलिउडमा थुप्रै हिट चलचित्र दिएका शत्रुघन नाताले बलिउड नायीका सोनाक्षी सिन्हा बुवा पर्छन् । सोनाक्षी समेत केही महिना अघि मात्र एक कार्यक्रमको लागि नेपाल आएकी थिइन् । शत्रुघनले फिल्म प्रेम पुजारीबाट फिल्मी यात्रा सुरु गरेका हुन्। उनले हालसम्म दो यार ,दोस्त ,जानी दुश्मन ,लोहा लगायतका थुप्रै चलचित्रमा काम गरिसकेका छन् ।

Namaste Filmy

Read Previous

छुल्ठिम पनि निर्मात्री, घोषणा भयो 'डायरी'

Read Next

ओस्करमा 'कालो पोथी' पठाइने