दयाहाङ र नम्रता उत्कृष्ट, ‘एलजी फिल्म अवार्ड’ सम्पन्न (सूचि सहित)

राजधनीमा बुधबार ‘एलजी फिल्म अवार्ड’ सम्पन्न भएको छ ।बुधबार साँझ आयोजित कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, बलिउडका अभिनेता तथा भारतीय लोकसभा सदस्य शत्रुघन सिन्हा, नेपालका लागि भारतीय राजदूत रणजित राय, चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीलगायतले पुरस्कार प्रदान गरेका थिए ।
lg-award-satur-n-pun
चलचित्रका विभिन्न २१ विधामा उत्कृष्ट ठहर भएकालाई पुरस्कृत गर्ने क्रममा वर्षको उत्कृष्ट चलचित्र ‘पशुपति प्रसाद’ र त्यसका निर्देशक दीपेन्द्र के खनाल उत्कृष्ट निर्देशक ठहरिए ।
14248795_1095074323914330_1491532631_n
त्यस्तै, उत्कृष्ट अभिनेता तथा अभिनेत्री क्रमशः चलचित्र ‘कबड्डी कबड्डी’बाट दयाहाङ राई र ‘क्लासिक’बाट नम्रता श्रेष्ठ घोषित भए । त्यसैगरी अनमोल केसी र रेखा थापाले लोकप्रिय अभिनेता र अभिनेत्रीको पुरस्कार हात पारे भने करिश्मा मानन्धरलाई दशककै उत्कृष्ट अभिनेत्रीको पुरस्कार प्रदान गरियो । साथै उद्धवराज भट्टराई (जुङ्गे भट्टराई)लाई दीर्घकालीन साधना सम्मानद्वारा पुरस्कृत गरिँदै रु ५१ हजार प्रदान गरियो ।
ward
कार्यक्रममा उपराष्ट्रपति पुनले पछिल्लो समयमा व्यावसायिक रुपमा उत्कृष्ट नेपाली चलचित्र बन्न थालेको आफूले महसुस गरेको बताउँदै भने “विगतमा बनेका कतिपय चलचित्रले समाज परिवर्तनमा योगदान पु¥याएका थिए ।”
ksrdihms
सोही कार्यक्रममा बलिउड अभिनेता सिन्हाको आत्मवृतान्त ‘एनिथिङ बट खामोस’को नेपाल संस्करणको लोकार्पण गरिएको थियो । आयोजक सिनेमा सर्कलका अध्यक्ष दिनेश डिसीले आमामी वर्षदेखि हरेक वर्षको वैशाख एक गते ‘एलजी फिल्म अवार्ड’ गर्ने आफूहरुको योजना सुनाए ।
saturghan-sing
एलजी फिल्म अवार्डका बाँकी विजेताहरुको सूचि यस प्रकार छ :
उत्कृष्ट फिल्मः पशुपतिप्रसाद
उत्कृष्ट निर्देशकः दिपेन्द्र के खनाल( पशुपतिप्रसाद)
उत्कृष्ट अभिनेताः दयाहाङ राई
उत्कृष्ट अभिनेत्रीः नम्रता श्रेष्ठ
उत्कृष्ट कोरियोग्राफीः रेनशा वान्तवा राई (प्रेमगीत)
उत्कृष्ट म्युजिक डाईरेक्टरः अर्जुन पोखरेल (प्रेमगीत)
उत्कृष्ट एक्शन निर्देशकः हिमाल केसी (भैरव)
उत्कृष्ट सम्पादकः सुरेन्द्र पौडेल (क्लासिक)
उत्कृष्ट स्कृनप्लेः पशुपतिप्रसाद, खगेन्द्र लामिछाने
उत्कृष्ट व्याकग्राउण्ड स्कोररः एलिस कार्की (प्रेमगीत)
उत्कृष्ट पपुलर गीतः सुर्के थैली (वडा नम्बर ६)
उत्कृष्ट छायाँकारः पुरुषोत्तम प्रधान ,सञ्जय लामा (ड्रिम्स)
उत्कृष्ट कलरिष्टः क्लासिक, अनन्त घिमिरे
उत्कृष्ट भिएफएक्सः च्याम्पियन (अक्की शर्मा, सत्यम राना)
उत्कृष्ट कपल अफ दि ईयरः प्रेमगीत, ( प्रदिप खड्का, पूजा शर्मा)
उत्कृष्ट स्टण्टः भैरव (सिम्पसन तामाङ
उत्कृष्ट ट्रेलरः भैरव (साहिल खान)
उत्कृष्ट पोस्टरः वडा नम्बर ६ (सुन्दर श्रेष्ठ)

Namaste Filmy

Read Previous

राजधानीमा चलचित्र विकास बोर्डको छापा

Read Next

‘लुट २’को छायांकन सकियो ,‘लुट ३’पनि निर्माण हुने